साउन ३१ गते सार्वजनिक हुँदै ‘थार रक्स’, भदौ ११ गते आउला काठमाडौं ?

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको फाइभ डोर भेरियन्ट आगामी अगस्ट १५ (साउन ३१ गते) सार्वजनिक हुने भएको छ । विगतमा जस्तै भारतको स्वतन्त्रता दिवसको अवसर पारेर महिन्द्राले ५ ढोका भएको थार ल्याउने भएको हो ।

भारतमा सार्वजनिक भएको केही दिन भित्रै थार रक्स नेपाल आउन सक्ने देखिएको छ । नेपालको लागि महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले आगामी भदौ ११ गतेबाट हुन गइरहेको नाडा अटो शो २०२४ मा यसलाई ल्याएर प्रदर्शनी गर्ने प्रयास भइरहेको जनाएको छ ।

नयाँ मोडलको नाम ‘रक्स’ राखेर त्यसको टिजर भिडियो सार्वजनिक भएको छ । त्यहि भिडियोबाट यसको एक्टेरियरको विवरण बाहिर आएको छ । यसको फ्रन्ट फेसियामा नयाँ डिजाइनको डबल स्लेट ग्रिल दिइएको छ ।

फ्रन्टमा सी आकारमा सजिएको एलइडी डे टाइम रनिङ लाइट भएको सर्कुलर हेडल्याम्प र एलइडी फगल्याम्प दिइएको छ । यसमा नयाँ डिजाइनको अलोय ह्वीलका साथमा बाक्लो कालो रंगको क्लाइडीङको प्रयोग गरिएको छ ।

एसयूभीलाई रग्ड बनाउन रक्सको रियर फेन्डरको माथि ४वाई४ को व्याजीङ दिइएको छ । रियरमा अगाडि डिआरएल जस्तै सी सेपको रेक्ट्याङगुलर एलइडी टेलल्याम्प र पछाडि ढोकामा स्पेयर ह्वील राखिएको छ । यो एसयूभी अहिले भइरहेको थ्री डोर थारभन्दा ठूलो साइजमा तयार भएको छ ।

रक्सको क्याविनमा पानारोमिक शनरुफ, १२.२५ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टीभीटी, अल डिजिटल इन्ट्रुमेन्टल क्लस्टर पाउन सकिन्छ ।

कम्पनीले नयाँ एसयूभीमा ३६० डिग्री क्यामरा, स्टेरिङ ह्वील माउण्टेड कन्ट्रोल सुइच, अटोमेटीक क्लाइमेट कन्ट्रोल जस्ता आधुनिक फिचर छन् ।

महिन्द्रा थार रक्समा २.२ लिटर फोर सिलिण्डर एमहक डिजेल इन्जिन, २.० लिटर एमस्टेलन पेट्रोल इन्जिन र १.५ लिटर क्षमताको सानो डिजेल इन्जिन दिइनेछ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भर्टर अटोमेटिक गियरबक्स रहनेछ ।


Back_to_top