काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले ३ जना सदस्य मनोनयन गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो । अध्यक्ष उप्रेतीले दीपककुमार अग्रवाल,महेश पाल र राजेशप्रसाद गिरीलाई सदस्यमा मनोनित गरेका हुन् ।
अध्यक्ष उप्रेतिको नेतृत्वको नाडामा निर्वतमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई र भद्र भण्डारी छन् ।
त्यस्तै, नाडाको उपाध्यक्षद्वयमा विक्रम सिंहानिया र अभिक ज्योती, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल रहेका छन् । कोषाध्यक्षमा पंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठक छन् ।
नाडामा संस्थागत सदस्यहरूमा प्रदेशबाट डिल्लीराम आचार्य,केदारकुमार अग्रवाल,दामोदर अटल,दिपेन्द्र कोइराला र पुष्कर ओझा छन् ।
नाडामा ११ जना साधारण सदस्यहरू रहेका छन् । जसमा अनुपकुमार बराल,तोयनाथ खनाल, दीपकराज गिरी, दिवाकर मिश्र,नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह रहेका छन् ।

