अब त्रिभुवन विमानस्थलमा एनआरएनका लागि छुट्टै डेस्क

काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा विश्वभर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपाली (एनआरएन)का लागि अलग्गै डेस्क राखिने भएको छ ।

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न पत्राचार गरेको हो ।

यससँगै अब नेपाली मूलको जुनसुकै देशका नागरिक भए पनि अब विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्दैन । छुट्टै लाइनमार्फत आउजाउ गर्न पाउनेछन् ।

‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएन) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषारसंस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन, तथा नेपालमा पर्यटन र लगानी प्रबद्र्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले एनआरएन र नेपाली मूलका विदेशी नागरिकहरुका लागि तहाँ कार्यालयको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ अध्यागमनको पत्रमा छ ।

एनआरएनए र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवद्र्धन गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

विश्वमा रहेका नेपाली मूलका नेपालीहरूको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो ।


Back_to_top