फागुनमा धेरै ल्याइएका ५ एसयूभी, टपमा ‘महिन्द्रा बीई सिक्स’

काठमाडौं । फागुन महिनामा निर्वाचन भएको कारण प्यासेन्जर कार सेग्मेन्टमा तुलनात्मक रूपमा कम नै गाडी आयात भयो । त्यसमा पनि एसयूभी सेग्मेन्टमा कुनै ब्राण्डले एउटै मोडल १०० युनिट ल्याउन सकेनन् ।

फागुन महिना लामो बिदा पनि थियो । निर्वाचनपछि देशको अर्थ राजनीति कता र कुन बाटोबाट अगाडि बढ्छ भन्ने शंका र उपशंका बीच गाडीको आयात कमजोर भएको मान्न सकिन्छ ।

आर्थिक गतिविधि चुनाव केन्द्रित हुँदा चैत लागेपछि मात्रै गाडी आयातले रफ्तार लिन थालेको देखिन्छ । फागुन महिनामा कुल ७२८ युनिट साना चारपाँग्रे सवारी साधन आयात भएकोमा एसयूभीतर्फ सबैभन्दा धेरै युनिट महिन्द्रा बीई सिक्स आयात भएको देखिन्छ ।

महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले ६२ युनिट बीई सिक्स नेपाल ल्याएको छ । जुन फागुनको संख्यात्मक आयातमा सबैभन्दा धेरै हो ।


दोस्रो धेरै आयात डोङफेङ नामी भिगो एसयूभी भएको छ । डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी भिगो एसयूभी फागुन महिनामा ६० युनिट आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ ।

तेस्रो धेरै आयात हुन्डाई क्रेटा एसयूभी भएको छ । नेपालमै एसेम्बल भइरहेको हुन्डाई क्रेटा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक महिनाको अवधिमा ५८ युनिट आयात गरेको हो ।


सिप्रदी ट्रेडिङले आफ्नो माइक्रो एसयूभी पन्च ईभी ५० युनिट आयात गरेको देखिन्छ । टाटाको सफल ईभीले निरन्तर उपभोक्ताको मन जित्दै आएको छ ।

पाँचौ धेरै आयात मारुती सुजुकीको हाइब्रिड मोडल ब्रेजा एसयूभी आयात भएको छ । आफ्नो सेग्मेन्टमा निरन्तर सफल भइरहेको ब्रेजा एसयूभी फागुन महिनामा ४७ युनिट आयात भएको छ । सीजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको सफल मोडलमा ब्रेजा पर्छ ।


Back_to_top