काठमाडौं । दिगो ग्रुपले नवलपरासीको दलदलेमा आफ्नो तेस्रो ई-स्टप संचालनमा ल्याएको छ । कम्पनीले मंसिर २ गतेदेखि रेस्टुरेन्टको सुविधासहितको ई-स्टप संचालनमा ल्याएको हो ।
उक्त ई-स्पटमा सार्वजनिक सवारीसाधनको लागि २ वटा जीबीटी चार्जर जडान गरिएको छ । त्यस्तै, निजी सवारीसाधनका लागि सीसीएसटु चार्जरको पनि जडान गरिएको छ ।
कम्पनीले यसअघि रामटार र कुरिन्टारमा ई-स्टप संचालनमा ल्याइसकेको छ।
दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठले दलदले ई-स्पटले महेन्द्र राजमार्ग हुँदै गात्रा गर्ने विद्युतीय सवारीसाधनलाई सहज हुने बताए ।
‘दलदलेमा संचालनपछि यस राजमार्गको यात्रुहरुलाई निकै सहज हुनेछ । यस ई९स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारीसाधनलाई चर्जिङ्गको सुविधा दिन्छ । रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ् सुलभ सुविधा दिनेछ,’ उनले भने ।