काठमाडौं । नेपाली बजारमा विभिन्न किसिमका स्कुटर विक्री हुँदै आएका छन् । बजारमा उपलब्ध स्कुटर १०० सीसीदेखि ४०० सीसीसम्मका रहेका छन् । तर, एफआई टेक्नोलोजी युक्त मोटरसाइकल आउनेक्रम पनि बढ्दै गएको छ ।
अहिले बजारमा स्कुटर विक्री गर्दै आएका होन्डा, यामाहा, टीभीएस जस्ता ब्राण्डका १२५ सीसी क्षमताका स्कुटरहरु एफआई इन्जिनमा उपलब्ध हुन थालेका छन् । प्रदुषण मापदण्डका आधारमा पनि यी स्कुटरहरु बीएस ६ मा आधारित रहेका छन् ।
यामाहाले आफ्नो रे जेडआर र फसिनो दुई स्कुटर एफआई इन्जिनमा आधारित स्कुटर विक्री गर्दै आएको छ । तर, हामीले यहाँ यामाहाको रे जेडआरलाई लिएका छौं । त्यसैगरी होन्डा र टीभीएसका दुई मोडल एफआई इन्जिनमा उपलब्ध रहेको छ । होन्डा ग्राजिया र टीभीएस एनटर्क एफआई इन्जिनमा उपलब्ध रहेका छन् ।
टीभीएस एनटर्क
टीभीएस एनटर्क १२५ आरटी एफआई इन्जिन भएको मोटरसाइकल हो । जगदम्बा मोटर्सले केही दिनअघि विक्री सुरु गरेको आरटी एफआई इन्जिन भएको यो मोटरसाइकलको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ तोकेर विक्री हुँदै आएको छ ।
यसमा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, आरटी एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५.८ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ ।
यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०-६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।
सस्पेन्सलाई कम्पनीले बीएस-४ बाट नै निरन्तरता दिएको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।
होन्डा ग्राजिया
होन्डा ग्रजियाको एफआई भेरियन्ट पनि नेपालमा विक्री सुरु गरेको छ । नेपालको लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले ग्राफिकमा परिमार्जनसहित नयाँ ग्राजिया विक्री गर्दै आएको छ ।
यसमा नयाँ एलइडी हेडल्याम्प तथा टेलल्याम्प, अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, क्लष्टरमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता सूचना पाउन सकिन्छ ।
ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा ५.३ लिटरको फ्युल ट्याङक दिइएको छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टेवल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ । होन्डा ग्राजिया दुई भेरियन्टमा उपलब्ध रहेको छ । ड्रम ब्रेक भएको भेरियन्टको मूल्य २ लाख ६९ हजार ९०० र डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।
यामाहा रे जेडआर
यामाहा रे जेडआर स्ट्रीट र्याली नेपालमा सबैभन्दा पहिला आएको एफआई इन्जिन भएको स्कुटर हो । एक वर्षअघि नै नेपालमा विक्री सुरु भएको यो स्कुटरले निकै राम्रो बजार पाइरहेको छ ।
एमएडब्लू इन्टरप्राइजेज्ले विक्री गर्दै आएको यो स्कुटरमा १२५ सीसी क्षमताको, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा ट्युवलेस टायर दिइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ । यसमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर प्रयोग भएको छ । यसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।
यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । तर, कम्पनीकै यामाहा फसिनो १२५ एफआईसँग भने बराबर हो । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटीक इन्जिन स्लिपरअन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् ।

