थन्डरवर्ड बन्यो हार्ले डेभिड्सन आइरन ८८३

रोयल इन्फिल्ड बाइकहरु सजिलै मोडीफाइड हुने बाइकमा पर्छ । यसअघि पनि रोयल इन्लिफल्डका बिभिन्न मोडललाई बिभिन्नरुपमा देखि सकेका छौ । हालै एक बाइक मोडिफाइड कम्पनीले रोयल इन्फिल्ड थन्डरवर्ड ३५० लाई हार्ले डेभिड्सन आइरन ८८३ मा परिर्वतन गरेको छ ।

मोडिफाइड कम्पनीले थन्डरवर्ड सम्पुर्ण पार्टमा यसको क्रोमलाई परिमार्जन गरेको छ । उक्त कम्पनीले यो क्रोम पेन्टिङको एक बर्षको वारेन्टीसमेत प्रदान गरेको छ । उक्त बाइकमा मस्कुलर फ्यूल ट्याङक लगाइएको छ जुन ग्रे मेट कलरमा रहेको छ । यसको ह्वीलसमेत परिर्वतन गरेर अलाय ह्वीललाई मेट ब्ल्याक कलरमा पेन्ट गरिएको छ । यसको हेडलाइटमासमेत क्रोम फिनिसिङ गरिएको छ जुन हेडल्याम्प तथा रियर स्वीङ आर्मसमेत परिर्वतन गरिएको छ ।

बाइकको इन्स्ट्रुमेन्ट कल्स्टर तथा सिटसमेत परिर्वतन गरिएको छ । बाइममा  सिगंल सिट लगाइएको छ भने सिटलाई लेदर फिनिस दिइएको छ । साथै बाइकको फिल्टर कभरलाई ब्ल्याक कलरमा आफ्टर मार्केट कभरले ढाकिएको छ ।

यसमा एक्जष्टलाई परिर्वतन गरेर ब्ल्याक कलरमा जडान गरिएको छ । यसमा रियर नम्बर प्लेटलाई समेत देब्रे पट्टि राखिएको छ जुन हार्ले आइरन ८८३ कै समान स्थानमा प्लेस गरिएको छ । यसको फ्रन्ट सस्पेन्सन यूएसडी फर्कले बिस्थापन गरेको छ । यसमा केटीएम डुक ३९० को यूएसडी फर्क प्रयोग गरिएको छ ।

यसरी रोयल इन्फिल्ड थन्डरर्वड ३५० लाई हार्ले आइरन ८८३ मा मोडिफाइड गर्न १ लाख ४० हाजर भारतीय रुपैयाँ खर्च भएको मोडिफाइङ कम्पनीले जनाएको छ ।  


Back_to_top