नेपालमा बिक्री सुरु भयो फेसलिफ्ट टियागो ईभी (मूल्यसहित)

काठमाडौं । टाटाले भारतमा बिक्री सुरु भएको एक महिना भित्रै नेपाली बजारमा टियागो फेसलिफ्ट बिक्री सुरु गरेको छ । सिप्रदीले हिजो एक कार्यक्रम आयोजना गर्दै फेसलिफ्ट टियागो बिक्री सुरु गरेको हो ।

नामैले फेसलिफ्ट भएपछि यसको अगाडिको भागमा परिमार्जन हुनु स्वभाविक हो । कम्पनीले यसमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल र एलइडी हेडल्याम्प सेट दिएको छ । जुन पहिलेभन्दा पृथक देखिन्छ ।

टाटाले टियागो ईभीमा नयाँ डिजाइनको १४ इन्चको ह्वील र साइड ढोकामा ईभीको ब्याजिङ दिएर ल्याएको छ । कम्पनीले सन् २०२५ मोडलमा पहिलेको ३ सहित थप सुपरनोवा कपर, चिली लाइम तथा एरिजोना व्लु कलर थप गरेर ल्याएको हो ।

यसको इन्टेरियरमा पनि डुअल टोन कलर थिम भएको छ । सेन्टर कन्सोलमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १०.२५ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट थपिएको छ । नयाँ टियागो ईभीमा टाटा पन्चमा जस्तै इलुमिनेटेड लोगो सहितको टु स्पोक स्टेरिङ ह्वील पाउन सकिन्छ ।

टाटाले नयाँ टियागो ईभीमा केही फिचर समेत थप गरेको छ । अब टियागो ईभीमा इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, अपडेटेड डिस्प्ले सहितको हाइ डेफिनेसन रियर पार्किङ क्यामरा र सार्क फिन एन्टेना उपलब्ध छ ।

यसमा रोटरी डायल, आईटीपीएमएस, फलोमी होम हेडल्याम्प, कुल्ड ग्लोबबक्स, अटोमेटिक वाइपर, पुस बटम स्टार्ट÷स्टप, क्रूज कन्ट्रोललाई निरन्तरता दिइएको छ । टाटाले टियागो ईभीको मोटर र ब्याट्री पावरमा भने कुनै परिवर्तन गरेको छैन । यसमा २४ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटको मोटर उपलब्ध छ ।

कम्पनीले यसको मूल्यमा भने कुनै परिवर्तन गरेको छैन । यसअघिकै जस्तो एक्सटी भेरियन्टको २७ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको २८ लाख ९९ हजार र एक्सजेडप्लस लग्जरी भेरियन्टको २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top