बाओजुनको ‘टियानयू ईभी आर्किटेक्चर’, तीन फरक साइजमा सार्वजनिक

काठमाडौं । चिनियाँ कम्पनी एसएआईसी र विलिङ तथा अमेरिकी कम्पनी जनरल मोटर्सको संयुक्त लगानी रहेको बाओजुन ब्राण्डले नयाँ ईभी आर्किटेक्चर सार्वजनिक गरेको छ । बाओजुनले एकै पटक तीनवटा नयाँ प्लेटफर्म ‘टियानयू’ सार्वजनिक गरेको हो ।

नयाँ प्लेटफर्मको नाम एस, एम र डी दिइएको छ । कम्पनीले नयाँ प्लेटफर्ममा आधारित नयाँ दुईवटा एसयूभी समेत घोषणा गरेको हो । नयाँ आर्किटेक्चरमा माइक्रोदेखि ठूला गाडीसम्म बनाउन सकिने छ ।

बाओजुनको एस प्लेटफर्ममा साना माइक्रो कारहरु बन्नेछन् । २५०० देखि ३५०० एमएमसम्म लामो गाडीहरु निर्माण हुने उक्त प्लेटफर्मले युवा पुस्ताको आवश्यकता पुरा गर्नेछ । यसमा बन्ने कारहरु चलाउन सजिलो र मनोरन्जन दिने किसिमका हुनछन् ।

अर्को एम प्लेटफर्ममा मध्यम साइजका विद्युतीय गाडी उत्पादन हुनेछन् । यसमा ३५०० देखि ४६०० एमएमसम्म लम्बाईका कम्प्याक्ट कारहरु बन्नेछन् । यसमा बन्ने कारहरु कम बजेट र ठूलो साइजको लागि परिचित हुनेछन् ।

तेस्रो डी प्लेटफर्मको लम्बाई ४६०० देखि ५००० एमएमको हुनेछ । यसको रेन्ज पनि धेरै हुनेछ । कम्पनी यहि प्लेटफर्ममा आधारित पहिलो एसयूभी यहि वर्षको तेस्रो क्वाटरमा सार्वजनिक गर्ने जनाएको छ ।

बाओजुनले निर्माण गरेको प्लेटफर्मलाई विलिङ र एमजी ब्राण्डले समेत प्रयोग गर्नेछन् ।


Back_to_top