टीभीएस आइक्यूवकाे फिचर हट्यो, मूल्य घट्यो

काठमाडौं । जगदम्वा मोटर्सले टीभीएस आइक्यूवको सस्तो भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले फिचर घटाएर सस्तो भेरियन्ट ल्याएको हो ।

अब आइक्यूवको दुई भेरियन्टमा नेपालमा उपलब्ध हुनेछ । भेरियन्ट आइक्यूवको मूल्य ४ लाख रुपैयाँ तोकेर बिक्री गर्न लागिएको छ । यसअघि नेपालमा विक्री भइरहेको आइक्यूवको मूल्य ४ लाख ३० हजार रुपैयाँ थियो ।

नयाँ आएको आइक्यूवमा फ्रन्ट फाइजर हटाइएको छ । त्यसका अलावा यसमा भएको डिस्प्ले कन्ट्रोल गर्ने जोयस्टी, फाइल सेभ गर्ने अप्सन हटाइएको हो । टप भेरियन्टमा दिइएको एडष्जटेवल रियर सस्पेन्सन सस्तो भेरियन्ट उपलब्ध छैन ।

यसका अलावा अन्य परिर्वतन नगरिएको आइक्यूवको मूल्य भने ३० हजार रुपैयाँले कम राखिएको हो ।

टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री रहेको छ । यो ब्याट्रलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

टीभीएस आइक्यूवमा ४.६ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिधन्टा रहेको छ ।

आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेसहित स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड उपलब्ध छ ।


Back_to_top