काठमाडौं । सिजी मोटर्सले नेटा एक्सलाई तीन भेरियन्टमा ल्याउने भएको छ । कम्पनीले दुई ब्याट्री अप्सनसहित तीन भेरियन्टमा नेटा एक्स ल्याउन लागेको हो ।
कम्पनीले ५१.८ किलोवाट आवर र ६२ किलोवाट आवरको ब्याट्री अप्सनमा ल्याउन लागेको हो । यसको सर्ट रेन्ज मोडल एउटा मात्रै भेरियन्ट (कम्फर्ट)मा उपलब्ध हुनेछ । त्यस्तै लङ रेन्ज मोडल कम्फर्ट र इन्टेलिजेन्ट भेरियन्टमा आउने भएको हो ।
सर्ट रेन्ज मोडलले सिंगल चार्जमा ४०० किलोमिटर र लङ रेन्ज मोडलले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । दुबै मोडलमा समान ९९ किलोवाट आवरको ब्याट्री रहने छ ।
सिजी मोटर्सले सर्ट रेन्ज कम्फर्ट भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेर बिक्री सुरु गर्ने भएको हो । यसअघि भएको नाडा अटो शो २०२३ मा पनि यहि मूल्य हुने बताइएको थियो ।
त्यसैगरी दुई भेरियन्टमा उपलब्ध हुने लङ रेन्ज मोडलको कम्फर्ट भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र इन्टेलिजेन्ट भेरियन्टको ६१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ ।

