नेपालमै पहिलोपटक डबल भाइजर भएको हाफ हेलमेट उत्पादन, मूल्य कति ?

काठमाडौं । नेपालमै पहिलोपटक डबल भाइजर भएको हाल हेलमेट उत्पादन भएको छ । बुटवलस्थित मयुर स्टिल इन्डष्ट्रिजले डबल भाइजरसहितको यति ब्रान्डको हाफ हेलमेट बजारमा ल्याएको हो ।

नेपालमै गुणस्तरीय हेलमेट उत्पादन गर्दै आएको कम्पनीले हाफ हेलमेटलको नयाँ मोडल बजारमा ल्याएको हो । कम्पनीले हाफ फेस हेलमेटमा फोर्जा मोडल बजारमा ल्याएको छ ।

यो हेलमेट अनब्रेक एबल, वास गर्न मिल्ने तथा रियर स्पोइलर जस्ता फिचर रहेको कम्पनीले जानकारी दिएको छ । डबल भाइजर भएको फोर्जा नेपाली उत्पादनमा डबल भाइजर भएको पहिलो हाफ फेस हेलमेट भएको कम्पनीको दाबी छ । फोर्जा मोडलको मूल्य २ हजार २०० रुपैयाँदेखि सुरू हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीले फुल फेस हेलेमटमा राइडर मोडल सार्वजनिक गरेको हो । यो मोडलको मूल्य २ हजार ५०० रुपैयाँदेखि सुरू हुनेछ । यी दुवै हेलमेट आइएसआइ, आइएसओ र सीई सर्टिफाइड रहेका छन् ।

बुटवलको व्यवसायिक घराना आवास ग्रुपले हेलमेट तथा मोटरसाइकल लेगगार्ड समेत उत्पादन गर्दै आएको छ ।


Back_to_top