लुयान इलेक्ट्रीक स्कुटर किन्दा २५ हजार नगद छुट पाइने

काठमाडौं । लुयान इलेक्ट्रीक स्कुटरले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर नगद छुटको स्कीम ल्याएको हो ।

नेपालका लागि लुयान इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक कम्पनी जीरो इमिसन राइड एनले २५ हजार नगद छुटको स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले नगद छुटका अलावा एशोसरिज समेत प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार लुयान स्कुटरको खरिदमा ग्राहकले चालु आर्थिक वर्षको कर छुट, ६ वटा फ्रि सर्भिसिंग सुबिधा र विभिन्न कम्पोनेन्ट पार्टसमा वारेन्टी पाउनुका साथै एउटा प्रिमियम हेलमेट समेत पाउने छन् ।

ग्राहकले लुयानको काठमान्डौैंमा रहेको आधिकारिक शोरुममा गई यो सुबिधामा स्कुटर खरिद गर्न सक्ने छन् ।


Back_to_top