भिनफास्टको इन्डिया प्लान तयार, नेपाली पनि जोडिने

काठमाडौं । भियतनामको ईभी कम्पनी भिनफास्टले भारतमा म्यानुफ्याकचरिङ प्लान्ट लगाउने सम्झौता गरेसँगै विभिन्न कार्यक्रमहरु सुरु गरेको छ । भारतमा उत्पादन सुरु हुन अझै एक वर्षभन्दा धेरै समय लाग्ने भएकोले कम्पनीले सुरुवातमा सीबीयू आयात गरी बिक्री गर्ने भएको हो ।

सुरुवातमा कम्पनीले एक सब-कम्प्याक्ट एसयूभी र अर्को क्रसओभर एसयूभी आयात गरेर बिक्री गर्ने भएको हो । पहिलो मोडलको रुपमा भीएफ-फाइभ मोडल ल्याउने भएको छ ।

साइजको आधारमा भीएफ-फाइभ एक सब-फोर मिटर क्रसओभर हो । यसको लम्बाई ३९९४ एमएम, चौडाई १८११ एमएम तथा उचाई १६१६ एमएम छ । यसमा ३७.२३ किलोवाट आवरको ब्याट्री प्याक छ ।

कम्पनीले यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । जसले १३६ हर्सपावर तथा १३५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इभीलाई एनइडीसीले एक पटकको फुल चार्जमा ३२६ किलोमिटरको रेन्ज दिने प्रमाणित गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको भीएफ-फाइभमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर र ८ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध छ । सुरक्षाको लागि ६ वटा एयरव्याग र एडास ड्राइभिङ सिस्टम दिइएको कारण सुरक्षीत मानिन्छ ।

भिनफास्टले बिक्री गर्न लागेको अर्को मोडल भीएफ इ-३४ हो । यो ईभी क्रसओभर डिजाइनमा रहेको छ । यसको लम्बाई ४३०० एमएम, चौडाई १७९३ एमएम, उचाई १६१३ एमएम तथा २६११ एमएमको ह्वीलवेस रहेको छ । यसमा ४२ किलोवाट आवारको ब्याट्री प्याक रहेको छ ।

भीएफ इ-३४ मा ११० किलोवाटको इलेक्ट्रीक मोटर छ जसले १४७ हर्सपावर र २४२ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । एनइडीसीले यो ईभीले ३१८.६ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । ड्यूल टोन ड्यासबोर्ड रहेको यो ईभीमा १० इन्चको भर्टिकल टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

भिनफास्ट नेपालमा पनि छिटै लन्च हुँदैछ । नेपालको लागि एडभान्स मोटर्स फिनफास्टको आधिकारीक वितरक नियुक्त भएसँगै नेपालमा बिक्री सुरु गर्ने तयारी भइरहेको छ ।

भारतीय बजारमा राइट ह्याण्ड ड्राइभ भीएफ-फाइभ र भीएफ इ-३४ आउने तयारी भएसँगै नेपालमा पनि यिनै मोडलहरु आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top