टेस्लाको सीईओ बने ‘पर्सन अफ दी इयर’

काठमाडौं । इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाका सीईओ इलन मस्कलाई प्रसिद्ध अमेरिकन म्यागजीन टाइमले ‘पर्सन अफ दी इयर २०२१’ को उपाधि दिएको छ । प्रायःजसो राजनीतिक व्यक्ति छानी रहेको टाइमले यो वर्ष अमेरिकी जीवनलाई प्रवाभ पार्न सफल मस्कलाई पर्सन अफ दी इयर छानेको हो ।

हालका वर्षमा मस्कले अमेरिकी जनता तथा विश्वलाई नै नयाँ नयाँ इनोभेसन दिएका छन् । उनको टुइटरमा मात्रै ६ करोड ५० लाख फलोअर रहेका छन् ।

उनको एक टुइटले स्टक मार्केट धेरै तल माथि हुने गरेको छ । उनले स्थापना गरेको टेस्ला कार कम्पनीले इलेक्ट्रीक भेहिकलको मार्केटमा धेरै ठूलो छलाङ लगाएको छ । मस्कले ‘स्पेस एक्स’ नामक रकेट कम्पनी समेत स्थापना गरेका छन् जसले अन्तरिक्ष यात्रालाई धेरै सहज बनाउन सफल भएको छ ।

उनले यातायातको क्षेत्रमा अर्को ठूलो टेक्नलोजीको अन्वेषण गरिरहेका छन् । ‘हाइपर लुप’ नामक यो टेक्नलोजीको माध्यमबाट जमिनमा एक स्थान बाट अर्को स्थालमा मानिस तथा सामान ओसार प्रसार गर्नका लागि धेरै समय बचाउने दावी गरिएको छ ।


Back_to_top