भारतमा साना गाडीको विक्री बढ्यो, डिसेम्बरमा धेरै विक्री भएका १० मोडल

काठमाडौं । सन् २०२० अटो क्षेत्रको लागि पनि निकै कठिन भयो । विश्व अटोमोवाइल बजारमा देखिएको संकटबाट विस्तारै बाहिर निस्कने बाटो पहिल्याएको भारतमा डिसेम्बरमा विक्री भएका कारको तथ्यांकले पनि देखाएको छ ।

भारतमा मारुती सुजुकीको इन्ट्री लेवल कार अल्टोको विक्री सर्वाधिक रहेको छ । कम्पनीले डिसेम्बरमा १८ हजार १४० यूनिट विक्री गरेको छ । सर्वाधिक विक्री भएका अन्य मोडलमा मारुती सुजुकी स्वीफ्ट, बलेनो, वागेनआर र डिजायर क्रमश २ देखि ५ औं स्थानसम्म परेका छन् ।

सूचीको छैटौँ स्थानमा हुन्डाई भेन्यू परेको छ । हुन्डाई भेन्यूले धेरै महिनापछि सब फोर मिटर एसयूभी सेग्मेन्टमा पहिलो स्थानमा परेको छ । कम्पनीले भेन्यू १२ हजार ३१३ यूनिट विक्री गरेको छ ।

सूचीको ७ औँ स्थानमा मारुती सुजुकीको सब फोर मिटर एसयूभी ब्रेजा र ८ औँ स्थानमा सुजुकी इको परेको छ । त्यसैगरि सूचीको ९ औँ स्थानमा हुन्डाई क्रेटा र १० औँ स्थानमा हुन्डाई कै ग्राण्ड आई १० नियोस गरेको छ ।

यस्तो छ विक्री तथ्यांक


Back_to_top