चैतमा सर्वाधिक आयात भएका ५ इलेक्ट्रीक एसयूभी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा ईभी किन्ने मानिस बढ्न थालेका छन् । संख्यात्मक रूपमा ईभी किन्ने मानिस बढे पनि आयातकर्ताले ठूलो संख्यामा ईभी ल्याएका छैनन् ।

बजेटलाई मध्यनजर गर्दै कम्पनीहरूले विद्युतीय गाडी बैशाखमा ल्याउने भएकाले पनि रेगुलर बिक्रीको लागि मात्रै चैतमा गाडी आए । चैतमा आयात भएका ईभी मध्ये सबैभन्दा धेरै आयात बीवाइडी एटो टु मोडल छ ।

अहिले बजारको हटकेक मोडल रहेको बीवाइडी एटो टु चैत महिनामा २३१ युनिट आयात भएको देखिन्छ । जबकि फागुन महिनामा केबल १९ युनिट मात्रै एटो टु आयात भएको थियो ।

बीवाइडी एटो टु पछाडि दीपल एस-०५ क्रसओभर एसयूभी छ । निकै राम्रो बजार पाइरहेको दीपल एस-०५ थाइल्याण्डमा उत्पादन भएर नेपाल आइरहेको मोडल हो । चैतमा ६२ युनिट एस-०५ नेपाल आएको देखिन्छ ।

टाटाको सफल माइक्रो एसयूभी पन्च तेस्रो धेरै आयात हुने एसयूभी बनेको छ । टाटाले चैत महिनामा ५५ युनिट पन्च ईभी नेपाल ल्याएको भन्सार तथ्यांकमा देखिन्छ ।

चौथो धेरै आयात आइकार भी-२३ को छ । पृथक डिजाइन, उच्च ग्राउण्ड क्लियरेन्स र रेट्रो लुक्सको कारण नेपाल आएदेखि नै राम्रो बिक्री पाएको आइकार भी-२३ चैत महिनामा ५० युनिट आयात भएको छ ।

महिन्द्राको इलेक्ट्रीक एसयूभी बीई सिक्स सूचीको पाँचौं स्थानमा अटाएको छ । चैतमा महिन्द्राले ३० युनिट बीई सिक्स ल्याएको देखिन्छ ।


Back_to_top