काठमाडौं । सन् २०१८ नेपाली अटोमोबाईल क्षेत्रको लागि निकै सुखद रह्यो । यस वर्ष नेपाली बजारमा थुप्रै कारहरु सार्वजनिक भए । कुनै कम्पनीले नयाँ प्रडक्टलाई नेपाली बजारमा ल्याए भने कति कम्पनीले फेसलिफ्ट मोडललाई नेपाली बजारमा ल्याए ।
सन् २०१८ मा नेपाली बजारमा ल्याइएको कार मध्य टाटा नेक्सन र नयाँ जेनेरेशन स्वीफ्ट निकै चर्चित भएका छन् । हुन्डाईको आयोनिक कार निकै इन्क्वाइरी भएको भएको कारमा पर्छ । इलेक्ट्रीक कार आयोनिक नेपाली बजारमा दुई यूनिट ल्याएर शोकेस गरिएको छ ।
हामीले २०१८ मा आएका चर्चित कारहरुको बारेमा तपाईहरुलाई जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारेका हौ ।
टाटा नेक्सन
टाटा मोटर्सले जनवरी २०१८ मा सार्वजनिक गरेको नेक्सन नेपाली बजारमा निकै चर्चित भएको छ । कम्पनीले एक वर्ष अगाडि सार्वजनिक गरेको नेक्सन टाटा मोटर्सको गेमचेन्जर मोडलको रुपमा आएको छ । सिप्रदी ट्रेडिङले नेपाली बजारमा यसलाई भित्र्याएको हो ।

नेक्सनमा १.२ लिटर पेट्रोल र १.५ लिटरमा डिजेल इन्जिनमा उपलब्ध रहेको यो कम्प्याक एसयूभीमा ६.५ इञ्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस कारमा एन्ड्रोई अटो, एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टीफङ्सन स्टेयरिङ ह्वील र पावर विन्डोजस्ता फिचर दिइएको छ ।
सुरक्षाको दृष्टिकोणबाट ड्यूल एयरब्याग, एबीएस र ईबीडी स्टायन्ड दिइएको छ । यो एसयूभी ग्लोवल एनक्यापले ५ स्टार सुरक्षा रेटिङ दिएको पहिलो भारतीय कार हो । यो एसयूभी एक्सई, एक्सएम, एक्सटी र एक्सु टु प्लस मोडल नेपाली बजारमा उपलब्ध रहेका छन् ।
नेक्सनको आंशिक डिजाइन ल्याण्डरोभर र रेञ्जरोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयूभी मोडलमा नयाँ आयाम ल्याएको टाटाले जनाएको छ ।
प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इञ्चको एलोई ह्वील, उत्कृष्ट फिटीङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ ।
बजारमा यसको मूल्य ३७ लाख ३५ हजार रुपैयाँदेखि ४६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।
फोर्ड फ्रिस्टाइल
फोर्ड मोटर्सको नयाँ उत्पादन क्रस ह्याचब्याक फ्रिस्टाइल नेपाली बजारमा अप्रिल २०१८ मा प्रबेश गरेको हो । फोर्डको नेपालको लागि आधिकारीक बिक्रेता गो फोर्डले उक्त क्रसकार नेपाली बजारमा ल्याएको हो ।
पेट्रोल भेरियन्टको यो कारमा, ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर इन्जिनमा उपलब्ध हुनेछ, जसले ९६ पीएसको पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । यो कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

सेफ्टीको लागि ६ एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रायाक्सन कन्ट्रोल, रियरभ्यु क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा पाइने छ ।
यसबाहेक कारमा ६.५ इन्चटचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन–सेन्सिङ वाईपर, १५–ईन्च अलोय ह्वील दिइएको छ ।
बजारमा यसको मूल्य २९ लाख ९९ हजार रुपैयाँदेखि ३६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।
रेनो क्याप्चर
नेपाली बजारमा रेनो क्याप्चर एड्भान्स अटोमोवाइलले २०१८ अप्रिलमा सार्वजनिक गरेको छ । रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाईट र डिएलआर लाईट लगाइएको छ । ७.० इन्चको टचस्कृन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो गाडी आफ्नो सेग्मेन्टमा उत्कृष्ट रहेको रेनोले दाबीगर्दै आएको छ ।
रेनो क्याप्चरमा कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् । सुरक्षाको लागि डियुल एयरव्याग र एबीएस, इबीडी, ब्रेक एसिस्टेन्सजस्ता सुरक्षा फिचर रहेका छन् ।

रेनो क्याप्चरमा १.५ लिटर डिजेल र १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल र सिभिटि दुबै गियरबक्स जडान भएको छ । डिजेल इन्जनमा १०९ बीएचपीको पावर र २४० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यनुयल गियरबक्स रहेको छ ।
बजारमा यसको मूल्य ४८ लाख १४ हजार रुपैयाँदेखि ६४ लाख ८९ हजार रुपैयाँसम्म रहेको छ ।
मारुती सुजुकी स्वीफ्ट
मारुती सुजुकीको उत्पादन ‘थर्ड जेनरेसन स्विफ्ट’ नेपाली बजारमा जुन १७ तारिख २०१८ बाट बिक्री सुरु भएको हो । पछिल्लो एक दशकमा विश्वभरी करिब ६० लाख बिक्री भएको मारुती सुजुकी स्विफ्टको थर्ड जेनरेसन नेपाली बजारमा जेडएक्सआई र भिएक्सआई भेरियन्टमा उपलब्ध छ ।
मारुति सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले ल्याएको सुजुकी स्वीफ्टको सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको यो कार अहिलेसम्म ७ हजार हाराहारीमा बिक्री भएको छ ।

१२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ ।
एलईडी डेटाइम रनिङ्ग लाईट तथा प्रोजेक्टर हेडल्याम्प जडान गरिएको यो कारमा सिसेप एलईडी टेललाईट र बम्परमा नयाँ सेप दिइएको छ ।
यसमा एप्पल कार प्ले तथा एन्ड्रोइड अटो दुबै सपोर्ट गर्ने टर्चस्क्रीन इन्फोटेन्डमेन्ट सिस्टम दिइएको कारको क्याबीन डियुलटोन कलरमा ड्यास बोर्ड र स्टेरिङ्ग ह्वील सज्जाइएको छ ।
सुरक्षालाई विशेष ध्यान दिएर निर्माण गरिएको यस कारको नेपाल आउने दुबै भेरियन्टमा डियुल एयर ब्याग दिइएको छ । एबीएस, इबीडीलगायतका सुरक्षा उपकरण जडान भएका छन् ।
बजारमा यसको मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि ३२ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ ।
टोयोटा रस
टोयोटाले २०१८ मा आफ्नो इन्ट्री लेबल एसयूभी रसलाई नेपाली बजारमा प्रबेश गरायो कम्पनीले यो एसयूभी निकै राम्रो बिक्री भएको जनाएको छ । यसको आधिकारी लञ्चभने नाडा अटो शो २०१८ मा गरिएको हो ।

नेपालको लागि टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेर्डस सिन्डिकेटले बजारमा ल्याएको नयाँ रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।
मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ ।
त्यसैगरी ८ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगातका फिचर दिइएको छ । यो कारमा चढ्दा एसयुभीको रिएल मज्जा लिन सकिने कम्पनीले दाबी गरेको छ । सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडीसहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्टजस्ता फिचर दिइएको छ । यो कारलाई आसिएन एनक्यापले ५ स्टार रेटिङ दिएको छ । नेपाली बजारमा सुरुवाति मूल्यय ६६ लाख ९० हजार रुपैयाँ रहेको छ भनेअधिकतम मूल्य ७५ लाख ५० हजार रुपैयाँ रहेको छ ।
जीप कम्पास
निकै लामो समयदेखि नेपाली बजारमा आउने चर्चा गरिएको जीप कम्पास सेप्टेम्बर २०१८ मा नेपाली बजारमा प्रबेश गरेको हो । एमएडब्ल्यु लाईफले नेपाली बजारमा भित्र्याएको हो ।
कम्पनीले कम्पासको पेट्रोल भर्सनमा ३ भेरियन्ट र डिजेल भर्सनमा ७ भेरियन्ट ल्याएको छ । यसको डिजेल भर्सनलाई २.० लिटर मल्टिजेट इन्जिन छ जसले १७३ बीएचपी पावर – ३५० एनएम टर्क बराबरको अधिकतम पावर निकाल्छ भने १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले १६३ बीएचपी पावर–२५० एनएम टर्क उत्पन्न गर्छ ।

फिचरको मामिलामा पनि कम्पास ‘वेल–लोडेड’ छ । यसको टप एन्ड भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्विल ड्राइभ सिस्टम जस्ता फिचरको लामो सूची छ ।
बजारमा यसको मूल्य ६९ लाख ९० हजार रुपैयाँदेखि ९८ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।
स्कोडा कोडियाक
स्कोडा एमएडब्लुले यस वर्षको नाडा अटो शो २०१८मा स्कोडाको पहिलो फुल साइज एसयूभी कोडियाक सार्वजनिक गरेको थियो । २.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभेन सिटरमा सेभेन स्पीड डिएसजी अटोमेटिक गियर बक्स रहेको छ । कोडियाको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ ।

आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल रहेको छ । यसमा फुल लिड हेडलाइट र कर्न्रिंग लाइट समेत रहेको छ । १८ इन्चको एलोइ ह्विल रहेको कोडियाकमा थ्रि डि लुक दिने टेलल्याम्प रहेको छ । यसमा ८ इच्नको टकस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ वटा स्पिकर भएको ७५०डब्लु क्यान्टन अडियो सिस्टम छ ।
सुरक्षाका लागि यसमा ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेकजस्ता फिचर रहेका छन् ।
बजारमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
हुन्डाई आयोनिक
हुन्डाई मोटर कम्पनीले नाडा अटो शो २०१८ मा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रीक कार हुन्डाई आयोनिक शोकेस गरेको थियो ।
दक्षिण कोरियामा निर्मित आयोनिक सेडानमा ७ एयरब्याग, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, लेन डिपार्चर र फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट तथा ब्लाइन्ड स्पट डिटेक्सन सिष्टमजस्ता सेफ्टी फिचर छन् ।

यसमा रहेको अन्य फिचरहरुमा एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, ७ इन्च टिएफटी इन्स्टुमेन्टल क्लस्टर, पूर्ण लेदर सिटआदि रहेका छन् ।
एकपटकको फुलचार्जमा २२० देखि २५० किलोमिटर माइलेज दिने छ । यो कारको अर्को विशेषता भनेको करिब १० प्रतिशत चार्ज कार गुडिरहेको बेलामा जेनेरेट गर्ने छ । यसले ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ९.९ सेकेन्ड मात्र लगाउँछ । कम्पनीले कारको टप स्पीड १६५ किलोमिटर प्रतिघन्टा भएको जनाएको छ ।
यसमा दिइएको ८८ किलोवाटको इलेक्ट्रीक मोटरले ११९.७ एचपी पावर र २९५ एनएम टर्क उत्पादन गर्छ । यसमा दिइएको लिथिएम आयन पोलिमोर ब्याट्रीलाई फास्ट चार्जरबाट चार्जिङगर्दा ३० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिने छ ।
नेपाली बजारमा यसको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।


