टप गियरको बेष्ट ईभीमा ‘आयोनिक-५ एन’, यी हुन् उत्कृष्ट २० मोडल

काठमाडौं । बीबीसीको अटोमोबाइल डिभिजन अटो गियरले सन् २०२३ को लागि उत्कृष्ट विद्युतीय कारहरूको सूची प्रकाशित गरेको छ । उसले प्रकाशन गरेको सूचीमा चिनियाँ ब्राण्डहरू खासै अटाउन सकेका छैनन् ।

टप गियरले सन् २०२३ को नोभेम्बर महिनामा प्रकाशन गरेको २० उत्कृष्ट कारको सूचीमा कोरियन र युरोपियन कारको दबदबा रहेको छ । बीबीसी टप गियरले सूचीको २० औं स्थानमा फियाट ५०० लाई राखेको छ । त्यस्तै १९ औं स्थानमा चिनियाँ ब्राण्ड लोटस इलेक्ट्रा परेको थियो ।

त्यसैगरी, सूचीको १८ औं स्थानमा कोना इलेक्ट्री पर्दा १७ औं स्थानमा रेनो साइन्स ई-टेक परेको छ । १६ औं स्थानमा पनि हुन्डाईकै आयोनिक-६ र १५ औं स्थानमा मासेराती ग्रान्ड टुरिज्मो पर्न सफल भएको हो ।

अर्को कोरियन ब्राण्ड कियाको ईभी–९ ले १४ औं स्थानमा आफूलाई सुरक्षीत राख्दा १३ औं स्थानमा भोल्भो ईएक्स-३० परेको थियो । बीएमडब्ल्डू आई-४ सूचीको १२ औं स्थानमा अटाउँदा फक्सवागेन आइडी-७ ले ११ औं स्थान ओगटेको हो । सूचीको १० औं स्थानमा भने जीप एभेन्जर परेको छ ।

उत्कृट विद्युतीय कारको सूचीको ९ औं स्थानमा पोलाष्टर २ अटाउँदा बीएमडब्ल्यू आई-७ ले ८ औं स्थान सुरक्षीत गरेको छ । त्यस्तै, डासिया स्प्रिङ ७ औं स्थानमा पर्दा छैटौं स्थानमा बीएमडब्ल्यूू आई-५ परेको थियो ।

टप ५ ईभी भित्र टेस्ला मोडल–३ र मोडल वाई पर्दा सूचीको चौथो स्थानमा एमजी-फोर, तेस्रो स्थानमा पोर्श्चे टाइकन, दोस्रो स्थानमा रोल्स रोयस स्पेक्टर पर्दा सूचीको पहिलो स्थानमा हुन्डाई आयोनिक-५ एन पर्न सफल भएको हो ।

आयोनिक-५ एन

कोरियन कार निर्माताले आयोनिक-५ एनलाई पर्फमेन्स मोडलको रूपमा बजारमा ल्याएको हो । यसको मुख्य कुरा नै पावर हो । चारवटा मोटर प्रयोग भएको आयोनिक-५ एनले ६५० हर्स पावर प्रदान गर्छ ।

हुन्डाईको ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन भएको आयोनिक-५ लाई २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसको पावर यति राम्रो छ कि शून्यदेखि १०० किलोमिटरको दूरी भेट्टाउन केबल ३.४ सेकेण्ड लाग्छ ।

पर्फमेन्स मोडल भएको कारण यसमा ८४ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४५० किलोमिटर रेन्ज प्रदान गर्छ ।


Back_to_top