अभिन्या ब्राण्डमा प्रिमियम इलेक्ट्रीक कार आउने

काठमाडौं । प्रिमियम इलेक्ट्रीक कारको लागि टाटा मोटर्सले अभिन्या ब्राण्ड बनाउने भएको छ । कम्पनीले सन् २०२२ अप्रिल देखाएको अभिन्या कन्सेप्टलाई सुरुमा एक कार मोडलको रुपमा प्रस्तुत गरेको थियो ।

टाटा मोटर्सका प्यासेन्जर इलेक्ट्रीक मोविलीटीका चीफ कमर्शियल अफिसर भिभेक श्रीभात्साले अभिन्या एक कार मोडल मात्र नभएर ‘नयाँ प्रिमियम इलेक्ट्रीक ब्राण्ड’ हुने बताए । उनका अनुसार टाटाले थर्ड जेनेरेशन ईभी लाइनअप अभिन्या ब्राण्ड नेमबाट बिक्री गर्नेछ ।

अभिन्या ब्राण्डमा अल इलेक्ट्रीक कार र एसयूभीहरुको उत्पादन हुनेछ । अभिन्या टाटाको बर्न इलेक्ट्रीक स्केटबोर्ड प्लेटफर्ममा बनेको पहिलो ईभी हो । यसको लन्चिङ आगामी वर्षको अन्त्यतिर हुने अपेक्षा गरिएको छ ।

टाटा मोटर्स प्रिमियम ब्राण्डमा रहने अभिन्या मूल्यका हिसावले भने टाटाका अन्य कार सरह नै हुने श्रीभात्साले बताएका छन् । अभिन्या ब्राण्डमा एसयूभी, सेडान, एमपीभी लगायतका कार बजारमा आउने छ । यसमा ईभी मोडल मात्रै बन्नेछ ।

टाटा र अभिन्यालाई कम्पनीले टोयोटा र लेक्सन जस्तो फरक ब्राण्डका रुपमा ल्याउने छ वा मर्सिडिज र मेव्याक जस्तो फरक पोजीसनिङ मात्रै गर्छ त्यसको विषयमा केही खुलाइएको छैन ।

अभिन्या ब्राण्डका ईभीहरु कम्पनीको निर्माणाधिन तमिलनाडु प्लान्टबाट उत्पादन हुनेछ । टाटाले यो प्लान्टका लागि हालै मात्र ९ हजार करोडको लगानी गर्ने घोषणा गरेको थियो ।

कम्पनीले अभिन्या लाइनअपमा जागुवार ल्याण्डरोभरको ‘मोडुलर इएमए आर्किटेक्चर’मा बन्नेछ । टाटाले जेएलआरलाई इएमए प्लेटफर्म प्रयोग गरे वापत रोयल्टी तिर्नेछ । तर, मुख्य रुपमा भने यसमा कस्ट कन्ट्रोलका लागि धेरै कुराहरु लोकलाइज हुनेछन् ।

जेएलआरले सन् २०२१ मा इएमए प्लेटफर्मको घोषणा गरेको थियो । यसको प्रयोग नेक्स्ट जेनेरेशन भेलार, इभोक र डिस्कभरी स्पोर्ट्सको निर्माणमा भएको छ ।


Back_to_top