लाइफ स्टाइल इलेक्ट्रीक एसयूभी खोज्नेलाई लोभ्याउने ‘जे-६’

काठमाडौं । चिनियाँ ब्राण्ड चेरी अन्तर्गतको जेको ब्राण्डमा नयाँ इलेक्ट्रीक लाइफ स्टाइल एसयूभी नेपाल आउने भएको छ । ओमोडा र जेको दुबै चेरीको सहायक ब्राण्ड हुन् ।

जेको जे-सिक्स नामबाट आउने एसयूभी चेरीको आई कारबाट प्रेरित रहने छ । ब्लेड ब्याट्री र कुपे डिजाइनको कारण चर्चामा रहेको ओमोडा ई-५को सफलतापछि आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले नयाँ इलेक्ट्रीक एसयूभी जे-६ बजारमा ल्याउन लागेको हो ।

जे-सिक्स मोडलको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७११ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिनेगरी जेको जे-सिक्स बजारमा आउने अनुमान गर्न सकिन्छ । यसमा ६९.८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

जेकोले जे-६ मोडललाई दुई ड्राइभिङ सिस्टमको साथ बजारमा ल्याउने छ । सिंगल मोटर रियर ह्वील ड्राइभमा सानो मोटर रहने छ । यसको विवरण बाहिर आएको छैन । अलह्वील ड्राइभिङ उपलब्ध एसयूभीमा भने २०० किलोवाटको मोटर पाउन सकिन्छ ।

नेपाली बजारमा अहिलेसम्म क्रसओभर मोडलमा एसयूभी उपलब्ध थियो । तर, जेकोले प्योर इलेक्ट्रीक एसयूभी बजारमा ल्याउन लागेको हो । कम्पनीले अघिल्लो महिना भएको बेइजिङ अटो शोमा जे-६ मोडल देखाएको थियो ।

अहिले प्योर एसयूभी सेग्मेन्टमा विद्युतीय कारको उपस्थिति नभएको कारण एसपीजी अटोमोवाइलले नयाँ उपभोक्ता तत्कालै पाउने देखिन्छ ।

यसको इन्टेरियर पनि निकै भब्य हुनेछ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्रिष्टल ड्राइभ मोड सेलेक्टर, छलमा दिइएको सोलार प्यानल, एडास फिचरहरु उपलब्ध रहेका छन् ।

प्रिमियम सिट, नयाँ लाग्ने स्टेरिङ ह्वील, पृथक डिजाइनमा उपलब्ध सेन्टर कन्सोल र टु स्टेप ड्यासबार्ड यसमा पाउन सकिन्छ ।


Back_to_top