एथर रिज्टाको उत्पादन सुरू, अर्को महिनादेखि डेलिभरी

काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको फ्यामिली स्कुटर रिज्टाको उत्पादन सुरू भएको छ ।

कम्पनीका को फाउन्डर तथा सीईओ तरुन मेहताले सामाजिक संजाल एक्स ९ट्वीटर०मार्फत रिज्टाको उत्पादन सुरू गरिएको जानकारी दिएका हुन् ।

१ लाख १० हजार एक्स शोरुम मूल्य तोकिएको रिज्टा अर्को महिना ९जुलाइ०देखि डेलिभरी सुरू गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले रिज्टा तीन भेरियन्टमा ल्याउने छ । जसमा रिज्टा एस, रिज्टा जेड २.९ किलोवाट, रिज्टा जेड ३.७ किलोवाट रहेको छ । रिज्टा जेड ३.७ किलोवाट रिज्टाको टप भेरियन्ट हो । कम्पनीले रिज्टा एसको मूल्य १ लाख १० हजार, रिज्टा जेड २.९ किलोवाटको १ लाख २४ हजार र रिज्टा जेड ३.७ किलोवाटको १ लाख ४४ हजार रुपैयाँ मूल्य तोकेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठुलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ ।

रिज्टामा दुई राइड मोड दिइएको छ । जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।


Back_to_top