ब्रिक्सटनले चार नयाँ प्रिमियम मोटरसाइकल बिक्री सुरू गर्दै

काठमाडौं । अस्ट्रेलियन प्रिमियम मोटरसाइकल उत्पादक कम्पनी ब्रिक्सटनका ४ मोटरसाइकल भारतमा सार्वजनिक हुने भएको छ । भारतीय कम्पनी कोलापुर वेस केएडब्लु भेलोसे मोटर्ससँग सहकार्य गरेर ४ प्रिमियम मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले क्रसफायर ५०० एक्स, क्रसाफायर ५०० एक्ससी, क्रोमवेल १२०० र क्रोमवेल १२०० एक्स सार्वजनिक गर्ने भएको हो ।

आगामी चाडपर्वको समय पारेर (अक्टोवर २०२४) मा भारतमा मोटरसाइकल सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले महाराष्टमा म्यानुफ्याक्चरिङ प्लान्टसमेत निर्माण गर्ने योजना अगाडि सारेको हो ।

ब्रिक्सटन ५०० एक्स एक क्याफे रेसर मोटरसाइकल हो । यो बल्की डिजाइनमा छ । यसमा राउण्ड सेप एलइडी हेडल्याम्प, बक्सी डिजाइन सार्प फ्यूल ट्याङ्क उपलब्ध छ । यसमा भएको सिंगल पिस सिट फ्यूल ट्याङ्कको माथिसम्म दिइएको छ ।

त्यस्तै क्रसफायर ५०० एक्ससी स्क्रयाम्वलर मोटरसाइकल हो । यो ५०० एक्सको तुलनामा अझै अफरोड फ्रेन्ड्ली एलिमेन्टका साथ आउँछ । धेरैजसो एलिमेन्ट ५०० एक्सबाट लिइएको भए पनि यसमा विन्ड स्क्रीन, हेडलाइट ग्रिल तथा अफरोड फ्रन्ट फेन्डर उपलब्ध छ ।

यी दुबै मोटरसाइकमा ४८६ सीसी ट्वीन सिलिन्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ४७ पीएस पावर तथा ४३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबैमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

त्यस्तै, ब्रिक्सटन क्रोमवेल १२०० निओ रेट्रो मोटरसाइकल हो । क्रोमवेल १२०० भने स्क्रयाम्वल स्टाइल रोडस्टार मोटरसाइकल हो । यी दुबै मोटरसाइकलमा १२२२ सीसी लिक्वीड कुल्ड ट्वीन सिलिन्डर इन्जिन रहेको छ ।

यी मोटरसाइकलमा प्रयोग गरिएको इन्जिनले ८३ पीएस पावर तथा १०८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै दुई राइड मोडल उपलब्ध छ ।


Back_to_top