जीहोको एक्सचेन्ज एण्ड अपग्रेड अफर, २ वर्षको कर फ्री, २० हजार थप मूल्यांकन

काठमाडौं । सीएफमोटो तथा जीहो ब्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर ल्याएको छ ।

कम्पनीले काठमाडौंको कालोपुलमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको उपलक्ष्यमा उक्त अफर ल्याएको हो । एक्सचेन्ज एण्ड अपग्रेड अफर नक्साल, सल्लाघारी तथा झम्सीखेलस्थित शोरुममा संचालन हुने कम्पनीले जनाएको छ । उक्त क्याम्प आजदेखि आजदेखि ६ दिनसम्म चल्नेछ ।

कम्पनीले एई ६ प्लस र एई ६ प्लस एलआरलाई लक्षित गर्दै एक्सचेन्ज अफर ल्याएको जनाएको छ । यो योजनामा ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग जीहोको नयाँ स्कुटर एक्सचेन्ज गर्न सकिने छ ।

एक्सचेन्जमा ग्राहकले बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन पाउनेछन् भने सोझै खरिद गर्दा १५ हजार रुपैयाँ छुट पाउने छन् । २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

जीहो एई ६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ । यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको कम्पनीको दाबी छ । एई ६ प्लस एलआर ९डबल ब्याट्री० मा ३.६ किलोवाटको ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुुरक्षामा शतप्रतिशत ग्यारेन्टी रहेको कम्पनीको भनाई छ ।

यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७ जस्ता फिचर उपलब्ध छ ।

जीहोका यी मोडलहरूमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष, कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी रहेको छ ।


Back_to_top