हुन्डाईको सस्तो इलेक्ट्रीक एसयूभीको नाम ‘इन्सटर’

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले सिंगल चार्जमा ३१५ किलोमिटर रेन्ज दिने कम्प्याक्ट कार बजारमा ल्याउने भएको छ । यसको नाम ‘इन्सटर’ राख्ने पक्का भएको हो ।

हुन्डाई मोटर्सले एक टिजर सार्वजनिक गर्दै सानो सिटी कार सेग्मेन्टमा ईभी आउन लागेको जनाउ दिएको हो । कम्पनीले ल्याउने नयाँ ईभी कोरियामा बिक्री भइरहेको क्यास्पर र नेपाली बजारमा उपलब्ध एस्टरमै आधारित रहेर आउन लागेको हो ।

टिजरमा भने क्यास्परको जस्तै राउण्ड सेपको हेडलाइट देखिएको छ । टिजरमा बताए अनुसार हुन्डाईको इन्सटर जुन महिनाको अन्त्यमा कोरियामा हुने बुसान इन्टरनेशनल मोबिलीटी शोमा सार्वजनिक हुनेछ । विगतदेखि नै हुन्डाईले धेरै मोडलहरु बुसान अटो शोमा रिभिल गर्ने गरेको छ ।

हुन्डाई इन्सटरमा ठूलो साइजको फेसिया, राउण्ड हेडलाइट, प्रमिनेन्ट साइजको रुफरेल, होरिजेन्टल एलइडी टेल लाइट तथा अगाडि चार्जिङ पोर्ट रहेको देखिन्छ ।

सार्प लुक्स, आयोनिक ५ को जस्तै डिजिटल पिक्सेल थिमको फ्रन्ट र रियर लाइट सेटअप यसको बाहिरी नोटिसेवल फिचर हुन् ।


Back_to_top