काठमाडौं । पीकअप भनेकै हाइलक्स भन्ने छाप छाड्न सफल टोयोटा हाइलक्स पीकअप अटोमेटीक गिरबक्सको साथ नेपाल आएको छ । कम्पनीले यसअघि म्यानुअल गियरबक्समा मात्रै उपलब्ध गराएको हाइलक्सको अटोमेटीक भेरियन्ट पनि नेपाल ल्याएको हो ।
टोयोटाको आधिकारीक बितरक यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले बिक्री गर्दै आएको हाइलक्स जस्तोसुकै बाटोमा पनि उच्च पफर्मेन्स दिन सक्ने पीकअपको रुपमा परिचित रहेको छ । फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने हाइलक्स विशेषत खराब बाटोमा काम गर्नु पर्नेहरुको रोजाइमा पर्दै आएको पीकअप हो ।
नेपालमा प्रिमियम सेग्मेन्ट पीकअपमा हाइलक्सको प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । चालक सहित पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने हाइलक्समा २.८ लिटर क्षमताको इन्जिन रहेको छ । यसलाई धेरैले लाइफ स्टाइल पीकअपको रुपमा समेत खरिद गर्न सक्नेछन् ।
टोयोटा हाइलक्समा १८ इन्चको अलोय ह्वील, मेटालिक सर्फेश, विंग मिरर, डोर ह्यान्डल, फ्रन्ट र रियरमा बम्पर, ग्रे ट्रिटमेन्ट लगायतको विशेषता पाउन सकिन्छ ।

टोयोटाले हाइलक्समा लेदर अपहोलस्टीक दिएको छ । ड्यासबोर्डमा ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एड्जस्टेवल ड्राइभर सिट, अटोमेटीक क्लामेट कन्ट्रोल, रियर एसी भेन्ट, ४.२ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, डिजिटल रेकर्ड र क्रुज कन्ट्रोल यसमा पाउन सकिन्छ ।
एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिंग लाइट, डाउन हिल एसिस्ट कन्ट्रोलका यसका साथ अन्य फिचर उपलब्ध छन् ।
यसमा रहेको २.८ लिटर क्षमताको इन्जिनले अधिकतम १७७ पीएस पावर र ४५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड अटोमेटीक गियरबक्स दिइएको छ । यसको मूल्य १ करोड ३५ लाख रुपैयाँ कायम गरिएको छ ।

