काठमाडौं । टोयोटाले आफ्नो सफल एमपीभी इनोभालाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । ग्यासोलीन इन्जिन भएको इनोभा जस्तै इन्टेरियर र एक्टेरियर भएको इनोभा इभीलाई टोयोटाले ‘इन्डोनेशिया इन्टरनेशनल मोटर शो’मा देखाएको हो ।
कम्पनीले उक्त शोमा सहभागी भएका मिडियाकर्मीलाई भिडियो प्रेजेन्टेसन मार्फत इनोभा इभी देखाएको थियो ।
यसको अगाडिको लुक्समा भने फरक पाउन सकिन्छ । इभी प्रेरित नयाँ किसिमको फ्रन्ट ग्रिल र धेरै स्थानमा ब्लु कलरले हाइलाइट्स यसमा देख्न सकिन्छ । यसमा सिल्भर कलरको सिक्स स्पोक अलोय ह्वील देखिएको छ, जुन अहिले भइरहेको इनोभा भन्दा फरक रहेको छ । यसमा चार्जिङ पोर्ट पनि इनोभाको फ्यूल भर्ने स्थानलाई बनाइएको छ ।
इन्टेरियरमा ड्यासबोर्डको विचमा ९ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । इन्टेरियरको धेरै स्थानमा ब्लु कलरको प्रयोग गरेकाले इभीको फिल दिन सफल भएको छ । फिचरको मामलामा यो एमपीभीमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टीभीटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एयर प्यूरीफायर, ३६० डिग्री क्यामरा तथा क्रूज कन्ट्रोल जस्ता फिचर रहने छन् ।
कम्पनीले यो इभीको व्याट्री र मोटरको बारेमा कुनै जानकारी दिएको छैन । यसलाई कम्पनीले सन् २०२३ बाट बजारमा विक्री सुरु गर्ने योजना बनाएको छ ।


