शनिवार इलेक्ट्रीक साधनको र्‍याली, को-को जान पाउने

काठमाडौं । विद्युतीय सवारीसाधनको उपभोग नबढेको भन्दै इप्पानले शनिवार र्‍याली आयोजना गर्ने भएको छ । इप्पानले आयोजना गर्ने र्‍यालीमा इच्छुक विद्युतीय सवारीधनीले सहभागिता जनाउन पाउने छन् ।

सरकारले महत्वकांक्षी नीति ल्याएपनि विद्युतीय सवारी साधनको संख्यामा लक्ष्य अनुसारको वृद्धि नभएको भन्दै इप्पानले ‘हिमालयन हाइड्रो एक्स्पो’मा विद्युतीय सवारीसाधनको र्‍याली आयोजना गर्न लागेको हो ।

आगामी शनिबार अर्थात् अप्रिल २ विहान ७ बजे काठमाडौंको भृकृटीमण्डपबाट सुरु हुने र्‍याली नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ्क पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुनेछ ।

इप्पानले र्‍यालीमा करिब दुई सय सवारी साधन सहभागी हुने अनुमान गरेको छ । सरकारको लक्ष्य र अपेक्षा अनुसार विद्युतीय सवारी साधन नबढीरहेको बेला सरकार र सरोकारवाला सबैलाई दबाब दिन र यसको प्रवद्र्धन गर्नका लागि र्‍यालीको आयोजना गरेको इप्पानले बताएको छ ।

र्‍यालीपछि हिमालयन एक्स्पोको उद्घाटन शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।


Back_to_top