रेनो काइगरको २०२२ मोडल सार्वजनिक, यस्ता छन् परिवर्तन

काठमाडौं । रेनोले २०२२ काइगरमा केही परिमार्जन गर्दै बजारमा ल्याएको छ । कम्पनीले यसको अगाडि दिइएको स्कीड प्लेटलाई परिमार्जन गरेको छ भने बुट खोल्ने ढोकामा क्रोम स्ट्रीप दिएको छ । साथै कम्पनीले मेटल मस्टर्ड कलरको बडीसहित कालो कलरको छत दिएर नयाँ कलर भेरियन्ट पनि थप गरेको छ ।

कम्पनीले रातो कलरको ह्वील क्याप, ड्यासबोर्डमा रातो कलरको एसेन्ट, पीएम २.५ एयर फिल्टर जस्ता फिचर दिएको छ । यो बाहेक कम्पनीले यसको अन्य कुनै पनि फिचरमा परिमार्जन गरेको छैन ।

रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प ड्यूल टोन ड्यासबोर्ड पाउन सकिन्छ ।

कम्पनीले यसको माथिल्ला भेरियन्टमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर दिएको छ ।

काइगरमा कम्पनीले १.० लिटर नेचुरल्ली एस्पीरेडेड र टर्बो इन्जिन उपलब्ध छ भने ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्स अप्सन छनोट उपलब्ध रहेको छ । एड्भान्स अटोमोबाइलले नेपालमा विक्री गर्दै आएको रेनो काइगर सफल मोडल भइसकेको छ । २०२२ काइगर भने केही महिनापछि नेपाल आउने छ ।


Back_to_top