हाइब्रिड इन्जिनमा आउँदै टोयोटा ल्याण्ड क्रुजर

काठमाडौं । टोयोटाले आफ्नो एसयूभी ल्याण्ड क्रुजरलाई हाइब्रिड इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ । कम्पनीका अनुसार नयाँ जेनेरेसन टोयोटा ल्याण्ड क्रुजर प्राडो ‘टोयोटा न्यू ग्लोबल आर्किटेक्चर’ (टिएनजीए) प्लेटफर्ममा आधारित हुनेछ ।

विश्वव्यापी बढ्दो प्रदुषण कम गर्न र पेट्रोलियम पदार्थको उपभोग घटाउन नयाँ आविश्कारहरु भइरहेका छन् । विश्वका अधिकांश सरकारले प्रदुषण कम गर्न नयाँ मापदण्ड निर्माण गरिरहेका छन् ।

सवारीसाधन उत्पादन गर्ने ब्राण्डहरुले पनि ईभी, हाइड्रोजन फ्यूलसेल र हाइब्रिड टेक्नोलोजीमा ठूलो धनराशी खर्च गरिरहेका छन् । यस्ता उत्पादनलाई सरकारहरुले पनि सहुलियत र सहायता गर्दै आएको पाइन्छ । नेपालमा पनि सरकारले करमा छुट दिदै आएको छ ।

विश्वब्यापी अभियानमा नयाँ ब्यवसाय खोज्दै आउन लागेको हाइब्रिड ल्याण्डक्रुजरमा आल्मुनीयम बडी प्यानलको प्रयोग भएको छ । जसअन्तर्गत हुड, डोर, मड गार्ड, रुफ र टेलगेट पनि अल्मुनीयमको नै हुने सम्भावना छ । नयाँ जेनेरेसन ल्याण्ड क्रुजर प्राडोमा भएको यो सुधारले गाडीको वजन कम गर्न र उच्चगतिमा पनि स्थिरता ल्याउन सहयोग गर्नेछ ।

हाइब्रिड इन्जिन भएको कारण राम्रो माइलेज पाउने हुँदा फ्युल ट्याङ्क अहिलेको भन्दा सानो हुने सम्भावना छ ।

नेक्स्ट जेनेरेसन टोयोटा प्राडोको बाहिरी डिजाइन भने ‘क्लिन एक्सटेरियर डिजाइन’ हुनेछ । यसको थ्री-डोर भर्सन निकै स्लीम देखिन्छ भने, फाइभ डोर भर्सन ४८२५ एमएम लामो, १८८५ एमएम चौडा र १८३० एमएम अग्लो हुने छ ।

नयाँ ल्याण्ड क्रुजर विभिन्न तीन फरक फ्रन्ट फेसिया डिजाइनमा आउने सार्वजनिक भएको रिपोर्टहरुमा दावी गरिएको छ ।

पहिलो, यो ७० सिरिजको ल्याण्ड क्रुजरबाट प्रभावित हुनेछ । यसमा रेट्रो स्टाइलको क्लासिक गोलो आकारको हेडलाइट र सादा ह्वील हुनेछ ।

दोस्रो, ल्याण्ड क्रुजर एलसी ३००मा आधारित ग्रिलमा आउने छ । त्यसैगरी, तेस्रो डिजाइन भने ल्याण्ड क्रुजर एलसी ३०० जीआर स्पोर्टमा आधारित हुनेछ । यो मोडल युनिक रेडीएटर ग्रिल, बम्पर, ह्विल सहित आउने अपेक्षा गरिएको छ ।

हाइब्रिड ल्याण्ड क्रुजरमा कुन साइजको ब्याट्री र मोटर रहनेछ भन्ने एकिन जानकारी बाहिर आएको छैन । तर, टोयोटाले हाइब्रिड मोडलमा २.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल र २.४ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन हुनेछ ।

साथै, डिजेल इन्जिनमा २.८ लिटर क्षमताको इन्जिन प्रयोग हुनेछ । यसमा दुई वटा मोटर समावेश हुनेछ । सन् २०२४ प्राडो फराकिलो इन्फोटेन्मेन्ट स्क्रृन दिइएको छ ।

यसमा गेस्चर टेलगेट, १४ इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम, थ्रीडी मल्टी टेरेन मनिटरको साथमा पानारोमिक भ्यु मनिटर, इलेक्ट्रीक पार्किङ ब्रेक, वायरलेस चार्जर, भर्सन २.० टोयोटा सेफ्टी सेन्स लगायत फिचर्स पनि समावेश छन् ।


Back_to_top