टोयोटाले आधिकारीक रुपमै आफ्ना उत्पादनहरुमा ४ प्रतिशत सम्म मूल्य बृद्धि हुने घोषणा गरेको छ । भारतीय बजारमा टोयोटाले आफ्ना सबै मोडलका सवारीसाधनमा मूल्य बृद्धि गरेको जनाएको छ । उक्त मूल्य बृद्धि आउँदो १ जनवरी २०१९ देखि लागू हुनेसमेत जनाएको छ । जापानिज कार निर्माता कम्पनीले सेप्टेम्वरमा नै मूल्य बृद्धि गर्ने तयारी गरेको बताएको थियो । यो भन्दा अगाडि टोयोटाले जनवरी २०१८ मा पनि मूल्य बृद्धि गरेको थियो ।
कम्पनीका अनुसार म्यानुफ्याचर लागत लगातार बढेका कारण मूल्य बृद्धि भएको जनाएको छ । भारतीय बजारमा आएको मूल्य ह्रासका कारण पनि सबै म्यानुफ्याचर कम्पनीलाइ असर परेको बताएको छ ।
कम्पनीले आफ्ना ग्राहकलाइ अतिअतिरिक्त लागतको रुपमा परिभाषित गरेको छ, साथै अरु कम्पनीहरुलाइ पनि सोहि अनूरुप गर्न सुझाएको छ । कम्पनीले आर्थिक बर्ष २०१८मा आफ्नो नाफालाइ ९६५ करोडले बढाएको छ ।


