भारतमा आयो केटीएम डूक–१२५, नेपाल ल्याउने तयारी, कति पर्ला मूल्य ?

काठमाडौं । अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले भारतीय बजारमा आफ्नो नयाँ मोडल डूक–१२५ सार्वजनिक गरेको छ । कम्पनीको इन्ट्री लेवल सेग्मेन्टको डूक १२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ निर्धारण गरेको छ । 

डूक–१२५ मा कम्पनीको अत्याधिक रुचाईएको मोडल डूक–३९० र डूक २०० मा प्रयोग भएका अधिकांश फिचरहरु उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक–१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । 

कम्बी ब्रेकिङ्ग सिस्टममा आउने यस बाइकमा १२४.७ सीसी, सिङ्गल सिलिन्डर, फोर–भल्भ, लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड डीओएचसी इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले १५ बीएचपी पावर र १२ एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यसको फ्रन्टमा ४३ मिलिमिटरको फर्क लगाइएको छ भने रियरमा मनोशक सेटअप लगाइएको छ ।

साथै, फ्रन्ट डिस्क–ब्रेक ३०० मिलिमिटर रहेको छ भने, २३० मिलिमिटर रियर डिस्क–ब्रेक दिइएको छ ।

नेपालमा कहिले ?

नेपालको लागि केटीएम डूकको आधिकारीक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले डूक १२५ लाई नेपाली बजारमा ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । आधिकारीकरुपमा कहिले नेपाल आउने भन्ने विषयमा केही नखुलाईएपनि अबको केही महिना भित्रै डूक १२५ नेपाली बजारमा आउने छ ।

नेपाली बजारमा यो बाइकको मूल्य नेपाली बजारमा करिब ३ लाख २० हजारको हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।  


Back_to_top