काठमाडौं । टोयोटाले बहुप्रतिक्षित हाइब्रिड कार र्याभफोर नेपाल ल्याएको छ । कम्पनीले २०१९ को सुरुमा अन्तर्राष्ट्रिय बजारमा ल्याएको नयाँ हाइब्रिड एसयूभी नेपाल ल्याएको हो ।
विगत लामोसयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको टोयोटाको स्पोर्टी एसयूभी अब भने हाइब्रिड मोडलको रुपमा नेपाल आउन लागेको हो । कम्पनीले आगामी मंगलबारबाट सुरु हुने नाडा अटो शो २०१९ मा र्याभफोर हाइब्रिड शोकेस गर्ने जनाएको छ ।
टोयोटाको लागि नेपालको आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हाइब्रिड र्याभफोरले प्रतिलिटर पेट्रोल मात्रैबाट २४ किलोमिटर माइलेज दिने जनाएको छ । साथै, ४० किलोमिटरभन्दा कमको स्पीडमा गाडी चलाउँदा व्याट्रीको प्रयोग हुने र पेट्रोलको खपत नहुँने कम्पनीले दाबी गरेको छ । यो एसयूभीलाई स्पोर्ट, इको र नर्मलगरि तीन ड्राइभिङ्ग मोडमा चलाउन सकिन्छ ।
व्याट्री र मोटर
यसमा निकेल मेटल व्याट्री प्याक दिइएको छ भने पर्मानेन्ट म्याग्नेटिक सिन्क्रोनास मोटर लगाईएको छ । उक्त मोटरले अधिकताम पावर ११८ बीएच पावर उत्पादन गर्छ भने २०२ एनएम टर्क जेनेरेट गर्छ ।
डायमेन्सन
यसको लम्बाई ४६०० एमएम, चौडाई १८५५ एमएम र उचाई १६८५ एमएम रहेको छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको यस एसयूभीको तौल २२३० किलोग्राम रहेको छ । यसमा ५५ लिटर इन्धन अट्ने फ्युल ट्यांकी लगाइएको छ भने, ७३३ लिटरको बुटस्पेश दिइएको छ ।
इन्जिन
२.५ लिटर इनलाइन फोर सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिनमा र्याभफोर उपलब्ध रहेको छ । २४८७ सीसी क्षमताको उक्त इन्जिनले ६६०० सय आरपीएममा १५१ किलोवाट (२०२ बीएच) पावर र ५००० आरपीएममा २४९ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
एक्सटेरियर
हेर्दा निकै बोल्ड डिजाइनमा आएको नयाँ एसयूभीमा विन्डशिल्ड वाइपर कन्ट्रोल, रियर विन्डो वाइपर, हेडल्याम्प, हेडल्याम्प एमीङ र लेभलिङ, एन्टेना रुफरेल, डे टाइम रनिंग लाइटलगायतका विशेषता दिइएको छ ।
इन्टेरियर
निकै स्टाइलिस र प्रिमियम देखिएको यसको क्यावीनले जो कोहीलाई लोभ्याउन सक्ने किसिमको रहेको छ । यसमा इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस स्मार्ट डोर लक, स्टेरिंग ह्वील, स्टेरिंग स्विच, स्टार्टिङ सिस्टम, फ्रन्ट हेडरेष्ट, क्रुज कन्ट्रोल, फ्रन्ट सिट स्लाइड जस्ता कम्फर्ट फिचर दिइएको छ ।
लेदर सिट, अडियो ज्याक, एसी, फ्रन्ट पर्सनल म्याप, असिस्ट ग्रिप, सन् भाइजर, पावर डोर लक, हिटर, हिटर कन्ट्रोल प्यानल, वायरलेस चार्जरको विशेषता पाउन सकिन्छ ।
सुरक्षा फिचर
यसमा ८ एयरब्याग, सिटबेल्ट, एन्टी थिफ्ट सिस्टम, एबीएस, इमर्जेन्सी स्टप सिंग्नल, सिट वेल्ट वार्निङ, चाइल्ड प्रोजेक्टर, हिल असिस्ट सिस्टमको विशेषता दिइएको छ । यसको फ्रन्ट र रियरमा भेन्टीलेटेड डिस्क ब्रेक लगाइएको छ ।
मूल्य
नेपाली बजारमा यसको मूल्य १ करोड ३० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।


