मारुती सुजुकी र टोयोटाले संयुक्त रुपमा मिडसाइज एसयूभी बनाउने

जापनीज अटोमोवाइल कम्पनी सुजुकी र टोयोटाको पार्टनरसीपसँगै भारतीय बजारमा पहिलो पटक संयुक्त रुपमा नयाँ एसयूभीको विकास भईरहेको खबर बाहिर आएको छ । यी दुई कम्पनीले भारतीय बजारका लागि मिडसाइज एसयूभीको विकासमा शुरु देखि काम गरिरहेको बुझिएको छ ।

दुई कम्पनीले संयुक्त रुपमा १० अरब भारुको लगानीमा नयाँ मिडसाइज एसयूभी बनाइरहेका छन् । नयाँ बन्ने मारुती सुजुकी र टोयोटाको पार्टनरसीपको एसयूभीले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेनको टाइगुन तथा स्कोडाको कुशाकसँग प्रतिस्पर्धा गर्नेछ । साथै, नयाँ एसयूभीको लम्बाई पनि हुन्डाईको क्रेटाको जतिनै ४.३ मिटरको हुने अनुमान गरिएको छ ।

नयाँ बन्दै गरेको ५ सिटरको यो एसयूभी व्याट्रि पावर, हाइब्रीड तथा हाइड्रोजन फिउलसेलबाट चल्ने इको फ्रेन्डली मोविलीटी सोलुसन दिने किसिमको समेत हुनेछ । यो एसयूभीको विकास विगत १२ महिनादेखि भईरहेको र आगमी वर्षको दोस्रो त्रैमासबाट भारतीय बजारमा बिक्री शुरु हुने जनाइएको छ ।

यस अघिनै भारतमा टोयोटा मारुतीको पार्टनरसीपसँगै टोयोटाको व्याजमा मारुती सुजुकीको बनेनो, ग्लान्जा तथा भिटारा ब्रेजा, अर्वन क्रुजर बनेर बिक्री भइसकेको छ । तर, नयाँ बन्ने मिडसाइज एसयूभी भने टोयोटा वा मारुती सुजुकी कुनै पनि कम्पनीको अहिले भएको मोडल नभई बिल्कुलै नयाँ मोडल हुनेछ ।


Back_to_top