काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड ट्राइम्फ इन्डियाले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले (भोलि) सेप्टेम्बर १७ तारिकमा ट्राइम्फ स्पीड ४०० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।
टिजरमा देखिए अनुसार, नयाँ भेरियन्ट स्पीडमा रेड ग्रे पेन्टस् स्कीम, साइड काउलमा सिल्बर ब्याजिंग र फ्युल ट्याकंमा ट्रायम्फको लोगो रहेको देखिन्छ ।
स्पीड ४०० मा पूरा एलइडी लाइटिङ सिस्टम, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस, अलोय ह्वील, राइड बाय वायर थ्रोटल, ह्यान्डलबार, बार इन्ड मिरर, अफसेट फ्युल क्याप, र यूएसबी चार्जिङ पोर्ट रहेको छ ।
त्यस्तै, डिजिटल एनालग डिस्प्ले, फ्युल गेज मिटर, डिजिटल टेकोमिटर, गियर पोजिसन इन्डिकेटर, ट्रिप मिटर लगायतका फिचर र नयाँ कलर अप्सन यस भेरियन्टमा पाइने छ ।
ट्रायम्फ ४०० स्पीडमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ३९.५ ब्रेकहर्स पावर तथा ३७.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।
नेपाली बजारमा हालै मात्र सार्वजनिक भएको ट्रायम्फ ब्रान्डले हाल स्पीड र स्क्रयाम्बलर बुकिङ लिइरहेको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ६ लाख २९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ ।
ट्रायम्फले नेपाली बजारमा उत्साहजनक बुकिङ पाइरहेको कम्पनीले जानकारी दिएको छ । यो अपडेटेड मोटरसाइकल समेत नेपाल आउने अनुमान गर्न सकिन्छ ।

