काठमाडौं । दीपल एक्सचेन्ज कानिर्भल सुरू भएको छ । एमएडब्ल्यू वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा एक्सचेन्ज कानिर्भल आयोजना गरेको हो ।
सोमबार एमएडब्ल्यू गु्रपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्ल्यू वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरूआत गरेका हुन् ।
पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दीपल ईभीमा अपग्रेड हुन चाहनेहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
दीपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दीपल हट मोडेल दीपल एस०७ खरिद गर्न सक्नेछन् । साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नेछन् ।
ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्ल्यू वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी सुविधा उपलब्ध गराएको छ ।
एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले दीपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए । ‘दीपलका ग्राहक दीपलदेखि सन्तुष्ट हुनुहुन्छ । हामी उहाँहरूको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौं,’ उनले भने ।
नेपालमा दीपल एस ०७ र एल ०७ गरी दुई मोडेल बिक्री हुँदै आएको छ । यी ईभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
दीपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू छन् । जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरूमा उपलब्ध छैन ।
एक्सचेन्ज कार्निभल ३ असोज बिहीबारसम्म संचालनमा रहनेछ ।

