टीभीएसले २०० सीसी सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी टीभीएसले २०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल ल्याउने खबरहरु बाहिर आएका छन् । केही दिनअघि मात्रै बजारमा १२५ सीसी क्षमताको प्रिमियम मोटरसाइकल ल्याएको टीभीएसले चाँडै २०० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल ल्याउने खबर बाहिर आएको हो ।

भारतमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्टको माग बढ्दै जानु र हिरो, होन्डा, केटीएम, बीएमडब्लू जस्ता ब्राण्डले उत्पादन सुरु गरेसँगै टीभीएसले पनि यो सेग्मेन्टमा प्रबेश गर्न लागेको समाचारमा दावी गरिएको छ ।

कम्पनीले ल्याउने नयाँ मोटरसाइकल सन् २०२२ मा बजारमा आउने मिडिया रिपोर्टमा दावी गरिएको छ भने उक्त एड्भेन्चर मोटरसाइकल अपाचे आरटीआर २०० फोर भिमा आधारित हुनेछ ।


Back_to_top