काठमाडौं । कोरियन अटोमोवाइल जायन्ट हुन्डाई मोटर्सले जर्मनीमा स्टेरिङ ह्वील माउण्टेड डिस्प्लेको प्याटेन्ट दर्ता गरेको छ । कम्पनीले यो डिस्प्ले स्टेरिङको पछाडि हुने इन्टुमेन्ट क्लस्टरको विकल्पको रुपमा प्रयोग गर्ने सम्भावना रहेको छ । हुन्डाईका अनुसार यस्तो डिस्प्लेले ड्राइभरको भिजीवीलीटी बढाउने छ ।
तर, गाडी चलाउने बेलामा स्टेरिङ ह्वील माउण्टेड डिस्प्ले हेर्नका लागि अगाडिको सडकबाट पूरै नजर हटाउनु पर्ने हुन्छ । अहिले चल्तीमा रहेका गाडीका चालकले स्टेरिङ ह्वीलका कारण इन्ट्रुमेन्ट क्लष्टर हेर्न नसकिएको गुनासो गर्ने गरेका थिए । अब स्टेरिङमा नै डिस्प्ले हुने हुँदा यस्ता समस्या हल हुने भएको छ ।
अहिले प्रयोगमा रहेका सबै कारहरुमा ड्राइभर साइड एयरव्याग स्टेरिङ ह्वीलबाट नै डिप्लोय हुने टेक्नलोजी रहेको छ । तर, स्टेरिङ माउण्टेड डिस्प्ले दिएको कारमा एयरव्याग कहाँ र कसरी दिन्छ त्यो भने हेर्न नै वाँकी छ ।
हुन्डाई मोटर्सका इन्जिनीयरहरुले यो डिजाइन गर्दा यस्ता सामान्य कुराको त पक्कै केही विकल्प सोचेका होलान् ।


