काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आजबाट प्रिमियम ह्याचब्याक अल्ट्रोजको ‘एक्सएम प्लस’ भेरियन्टको विक्री सुरु गर्ने भएको छ ।
कम्पनीले ३५ लाख ९६ हजार मूल्य तोकेर नयाँ भेरियन्टको विक्री सुरु गर्न लागेको हो । आजै बुकिङ गर्ने ग्राहकले १ लाख नगद छुट पाउने कम्पनीले जनाएको छ ।
नयाँ भेरियन्टमा इन्ब्यूल्ट इनफोटेन्टमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट, स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलिस ह्वील कभर र १६ इन्चको ह्वील दिइएको छ ।
अल्ट्रोजको एक्सएम प्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुने छ ।
सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक सेग्मेन्टमा राम्रो व्यापार गरिरहेको छ । सुरक्षाको हिसावले पनि अल्ट्रोज उत्कृष्ट रहेको छ । ग्लोवल एनक्याप क्र्यास टेष्टमा अल्ट्रोजले ५ स्टार रेटिङ पाएको छ ।
अल्ट्रोज टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि होे । नयाँ अल्ट्रोज बीएस ६ इन्जिनमा उपलब्ध रहेको छ ।

