इलेक्ट्रीक स्कुटरमा बजाज र टीभीएसले कडा प्रतिस्पर्धा गर्ने

काठमाडौं । भारतीय ठूला दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बजाज र टीभीएसले इलेक्ट्रीक उत्पादनमा कडा टक्कर गर्ने भएका छन् । यी दुबै ब्राण्डले इलेक्ट्रीक स्कुटरको उत्पादन गर्दै आएका छन् ।

यी दुबै कम्पनीले ईभी उत्पादनमा आक्रमक लगानी बिस्तार गरेका छन् । बजाजले ईभीको लागि छुट्टै नयाँ प्लान्ट समेत तयार गरेको छ ।

बजाजले चेतक र टीभीएसले अहिले आईक्यूव मोडल उत्पादन गर्दै आएका छन् । चाँडै बजाजले नयाँ मोडल बजारमा ल्याउँदैछ ।

तत्कालको विक्री आँकडामा बजाजभन्दा टीभीएसको रफ्तार धेरै देख्न सकिन्छ । बजाजले मे २०२२ को तुलनामा जुनमा ४ प्रतिशतले आफ्नो व्यापार बढाउँदा आईक्यूव मोडलको अपग्रेड गरेको टीभीएसले ३३८ प्रतिशतले वृद्धि गरेको छ ।

अहिले भारतमा विक्री तथ्यांकको आधारमा टीभीएस ७ र बजाज ८ औं स्थानमा छन् । टीभीएसले जुन २०२२ मा १९४४ यूनिट विक्री गरेको छ भने, बजाजले १७९५ यूनिट विक्री गरेको छ ।

टीभीएसले मे २०२२ मा ४४३ यूनिटमात्र विक्री गरेको थियो भने जुनमा आक्रमक विक्री गरेको हो । बजाजले भने मे २०२२ मा १७२५ यूनिट विक्री गरेको थियो ।

बजाजले हालसम्म १४ हजार यूनिट चेतक विक्री गरिसकेको छ भने १६ हजार यूनिट बुकिङ लिएको छ ।

भारतमा अहिले सबैभन्दा धेरै विक्री हुने ब्रान्डको पहिलो नम्वरमा ओकिनवा, दोस्रोमा एम्पीयर, तेस्रोमा हिरो इलेक्ट्रीक र क्रमश ओला, एथर, रिभोल्ट, टीभीएस, बजाज, प्योर इभी, बेन्लिङ, ओकाय रहेका छन् ।

टीभीएस र बजाजले उत्पादन गरेका इलेक्ट्रीक स्कुटर नेपाल प्रबेश गरेसँगै यहाँको इलेक्ट्रीक स्कुटरको बजारमा नै निकै ठूलो उथलपुथल आउने अनुमान गरिएको छ ।


Back_to_top