काठमाडौं । टीभीएसले एओजी (अपाचे ओनर ग्रुप)को नारायणी क्षेत्रका ग्राहकहरु समेटेर एओजी राइड सम्पन्न गरेको छ । यो रोमाञ्चक राइड अन्तर्गत गत भदौ ४ गते नारायणगढको मल्लश्री मोटर्सबाट सौराहाको होटल पार्क ल्याण्ड सम्म राइटको आयोजना गर्यो त्यस क्रममा ४० जना राइडर सहभागी थिए ।
त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्वन्धी जानकारी समेत दिएका थिए । उनले भने ‘हामीले सडक सुरक्षा सम्वन्धी थप जानकारी दिने मौका पाएका छौं । यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा ब्लगर अरुण लम्सालले पनि आफ्नो तर्फबाट मन्तब्य राखेका थिए । उनले अन्य व्राण्डले यस किसिमको कार्यक्रम चितवन क्षेत्रमा नगरेको तर टिभिएसले गरेकोमा खुशी ब्यक्त गरे ।
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटर सम्पन्न गरिसकेको छ । यो राइड कार्यक्रममा सहभागीहरुले एकदमै मनपराएको कम्पनीले जनाएको छ ।
यो कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको कम्नपीले बताएको छ ।
जगदम्वा मोटर्सले टीभीएसका मोटरसाइकल तथा स्कुटहरु विक्री वितरण गर्दै आएको छ । कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलर नेटकर्वबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

