काठमाडौं । फोटोनले दुई दिनपछि नयाँ पीकअप टुनल्याण्ड ई-प्लस विक्री सुरु गर्ने भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै भदौ ९ गते टुनल्याण्ड ई-प्लस विक्री सुरु गर्न लागेको जनाएको हो ।
फोटोनको आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्शियलले टुनल्याण्ड ईको सफलतापछि ई-प्लसको विक्री सुरु गर्न लागेको हो । चीनमा उत्पादन भएको फोटोनको यो पीकअप पावर र पर्फमेन्सको लागि उत्कृष्ट मानिन्छ ।
पछिल्ला दिनमा फोटोनले उत्पादन गरेका पीकअप, माइक्रोबस र एम्बुलेन्सहरु नेपाली बजारमा निकै रुचाउन थालिएको छ । विशेषत खराब बाटोमा पनि उत्कृष्ट र्फमेन्स गर्न सक्ने भएको कारण टुनल्याण्ड पीकअप नेपालमा सफल भएको हो ।
नेपाली बजारमा पीकअपको आयात बढ्न थालेसँगै चिनियाँ ब्राण्डहरुको उपस्थिति बढ्न थालेको छ ।

