काठमाडौं । इन्डो–जापानी ब्राण्ड मारुती सुजुकी इन्डियाले नयाँ क्रसओभर कार ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ क्रसओभर कुप्पे डिजाइनमा आउने छ ।
यसअघि भारतीय ब्राण्ड टाटा र महिन्द्राले कुप्पे डिजाइनमा कन्सेप्ट कार सार्वजनिक गरेका थिए । त्योभन्दा एक कदम अगाडि बढेर मारुती सुजुकीले त्यसको सडक परिक्षण नै सुरु गरेको हो ।
आगामी जनवरीमा हुने दिल्ली अटो एक्स्पो २०२३ सार्वजनिक हुने अनुमान गरिएको यो कुप्पे डिजाइनको कार बलेनोमा आधारित रहने छ । भारतमा सबैभन्दा सफल प्रिमियम ह्याचव्याक बलेनोको क्रसओभर बहुप्रतिक्षित मोडल समेत हो ।
परिक्षणका क्रममा विभिन्न स्रोतहरुले यसको भिडियो समेत सार्वजनिक गरेका छन् । इन्टरनेटमा भेटिएको भिडियोमा देखिए अनुसार बलेनो क्रसओभर कुप्पे डिजाइनमा रहेको र यसमा निकै आकर्षक फिचर भएको अनुमान गर्न सकिन्छ ।
नयाँ क्रसओभरको फ्रन्ट डिजाइन भने सुजुकी ग्राड भिटाराबाट प्रभावित भएजस्तो देखिन्छ । भिडियोमा देखिए अनुसार यो कारको ड्यासबोर्डमा फ्टीङ इन्फोटेन्मेन्ट देखिएको छ । यसको इन्टेरियर भने टोयोटा यारिस क्रसबाट प्रेरित रहेको देखिन्छ ।

