हेर्नुहोस् ६ तस्विरमा टीभीएसको बाइक स्टन

काठमाडौं । टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले  ‘टीभीएस दशैँ दौड’ सँगै ह्वीली बिट्स नामक कार्यक्रम लिएर बिभिन्न जिल्लाको दौड सुरु गरेको छ । कम्पनीले उपत्यकामा दौड प्रतियोतिगा सहित सुरु गरेको जिल्ला दौडाहमा निकै रोमञ्चकता थप्ने काम गरेको छ ।

आउँदै गरेको दशैँ तथा दीपावलीको अवसरमा ग्राहक लक्षित ‘टीभीएस दशैँ दौड’ स्किमले निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका मार्केटीङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।  

आफ्नो ट्यागलाईन अनुसार जगदम्बा मोटर्सले नेपालको मुख्य–मुख्य सहरमा ह्वीली बिट्स नामक कार्यक्रम गरिरहेको छ । कम्पनीले जनकपुर, विर्तामोड, इलाम जस्ता स्थानमा यो कार्यक्रम आयोजना गरिसकेको छ । यिनै स्थानमा भएको कार्यक्रमा टीभीएसका बाइकका स्टन गरिएका हुन् । 

कार्यक्रममा रास्ट्रिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुँदै आएको छ । साथै, बिभिन्न गीतहरुमा नृत्यको साथै रास्ट्रिय तथा स्थानीय कलाकारको कमेडी प्रस्तुति समेत रहेको छ । 

जहाँ जहाँ यो कार्यक्रम आयोजना भइरहेको छ त्यहाँ कम्पनीले हालै नेपाली बजारमा भित्रिएको दुई नयाँ बाइक आरटीआर १६० २भी र रेडीएन ११० सार्वजनिक गर्दै आएको छ । 


Back_to_top