काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फाल्गुन १३ गतेबाट ग्रयाण्ड एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ ।
भृकुटीमण्डपमा आयोजना हुन लागेको उक्त मेला फाल्गुन १३ गतेदेखि १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यो एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।
यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजारसम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँसम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसैगरी सुरुवाती १८ महिनासम्म ०५ प्रतिशत व्याजदरको विशेष सुविधासमेत रहेको छ ।
मोला अबधिमा ग्राहकले टेष्ट ड्राइभ गरेर आर्कषक उपहारका साथै थाइल्याण्ड भ्रमण प्याकेजसमेत जित्न सक्नेछन् ।


