३ लाखमा आइक्यूब किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

काठमाडौं । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ । कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री एसोरेन्स प्लान सार्वजनिक गरेको हो ।

यो स्कीममा ग्राहकले टीभीएस आइक्यूब २ लाख ९९ हजार ९०० रुपैयाँ बुझाएर किन्न सक्नेछन् । ग्राहकले ३ वर्षको अनिवार्य सस्क्रिप्सन प्लान लिनुपर्ने हुन्छ । मासिक २ हजार ९९९ रुपैयाँको यो सस्क्रिप्सन प्लानले तीन वर्षको ब्याट्री ग्यारेन्टी पाउने छन् । त्यसपछि ग्राहकले मासिक १ हजार रुपैयाँमा आफूले चाहे जति समय ग्यारेन्टी लिन सक्नेछन् ।

यो स्कीममा ब्याट्री ७० प्रतिशतसम्म आइपुग्दा कम्पनीले ब्याट्री रिप्लेस गरिदिने ग्यारेन्टी गरेको छ । यो स्कीममा ग्राहकले ३ वर्षको प्लान अनिवार्य लिनु पर्नेछ भने तीन वर्षपछि आफ्नो आवश्यकता अुनसार लिन सक्नेछन् ।

यस्तो छ आइक्यूब

भीएस आइक्यूबमा ३.४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री रहेको छ । यो ब्याट्रलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, फास्ट चार्जरको प्रयोगले यसलाई २ घण्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । आइक्यूबमा ४.६३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघण्टा रहेको छ ।


Back_to_top