नेपाल आयो गोगोरो, शुक्रबार सार्वजनिक हुँदै

काठमाडौं । चर्चित ताइवानी ब्याट्री निर्माता कम्पनी गोगोरो नेपाल भित्रिएको छ । गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजी नेपाल भित्रिएको हो ।

नेबुला इनर्जीले गोगोरो नेपाल भित्र्याएको हो । ब्याट्री स्वापिङ टेक्नलोजीको ग्लोबल लिडर गोगोरो इंकले केही समय अघि मात्रै भारतमा आफ्नो दुईवटा इलेक्ट्रीक स्कुटरसहित ब्याट्री स्वापिङ प्रविधि भारतमा सार्वजनिक गरेको थियो । भारतमा गोगोर र हिरो मोटोकर्प बीच सहकार्य रहेको छ ।

ब्याट्री स्वापिङ प्रविधिमा पायोनियर गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्ड मात्र लाग्ने टेक्नोलोजीको विकास गरिसकेको छ ।

नेपालमा भने ब्याट्री स्वाप स्टेशनको अवधारणा हालसम्म लागू भएको छैन । नेपालमै पहिलो पटक ‘बी टू बी’ मोडलमा ब्याट्री स्वाप र डेलिभरी मोडलका स्कुटरसमेत ल्याउने कम्पनी स्रोतले जानकारी दिएको छ ।

दोस्रो चरणमा कम्पनीले अन्य ब्रान्डका स्कुटहरूमा लाग्ने ब्याट्री स्वाप स्टेशन ल्याउने र केही समयपछि ‘बी टू सी’ ‘कन्जुमर’हरूका लागि स्कुटरसमेत ल्याउने छ ।

हाल नेपालमा सेगवेका ग्राहकहरूका लागि भाडामा ब्याट्री उपलब्ध गराउँदै आएको भएता पनि ब्याट्री स्वापिङ स्टेशन भने निर्माण गरेको छैन।


Back_to_top