टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटरको नेपालमा परिक्षण हुँदै

काठमाडौं । टीभीएस इन्डियाले एकै दिन २०० यूनिट इलेक्ट्रीक स्कुटर आइक्युब डेलिभरी गरेको छ । टीभीएसले इलेक्ट्रीक स्कुटरको उत्पादन बढाएसँगै डेलिभरी दिने संख्यामा पनि वृद्धि भएको हो ।

भारतीय चर्चित अटो ब्राण्ड टीभीएसले केही समय अघि आफ्नो इलेक्ट्रीक स्कुटर आइक्युबको नयाँ भर्सन सार्वजनिक थियो । नयाँ भर्सन सार्वजनिक गरेसँगै आइक्युबको माग बढ्दो क्रममा रहेको छ भने टीभीएस इलेक्ट्रीक स्कुटर विक्री गर्नेमा टप ५ कम्पनीमा पर्न सफल भएको छ

आइक्युबले एकल चार्जमा १४० किलोमिटर रेन्ज कम्पनीको दाबी छ । नयाँ भर्सन आइक्युबको वेस भेरियन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले दिइएको छ । यसमा स्मार्ट कनेन्ट फिचर पनि पाउन सकिन्छ । त्यस्तै मिड भेरियन्टमा ७ इन्चको डिस्प्ले र टप भेरियन्टमा टच स्क्रीन डिस्प्ले रहेको छ ।

यो स्कुटरमा ४.४ किलोवाट क्षमतको मोटर प्रयोग भएको छ भने यसले ०-देखि ४० को स्पीड मात्र ४.२ सेकन्डमा भेट्टाउँछ । टीभीएस आइक्युब २०२२ भर्सनको टप स्पीड ७८ किलोमिटरदेखि ८२ किलोमिटर प्रतिघन्टासम्म रहने कम्पनीको दावी छ ।

नेपाल ल्याउने तयारीटीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले इलेक्ट्रीक स्कुटर आइक्युबको परीक्षण सुरू गरेको छ । कम्पनीले आइक्युबको तीन भेरियन्ट नेपाल ल्याएर परीक्षण सुरू गरेको हो । कम्पनी स्रोतका अनुसार आइक्यूबको ३ देखि ४ महिनासम्म परीक्षण गरेर मात्र नेपाली बजारमा विक्री सुरू गर्नेछ ।

 


Back_to_top