हिरोले संचालनमा ल्यायो भिडा इलेक्ट्रीकको पहिलो शोरुम

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडाको पहिलो एक्सपेरियन्स सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले भारतको बैगलुरुमा आफ्नो पहिलो सोरुमको संचालनमा ल्याएको हो ।

हिरो मोटोकर्पले हिरो नाममा इलेक्ट्रीक स्कुटर ल्याउन नपाउने भए पश्चात कम्पनीले भिडा नाममा स्कुटर सार्वजनिक गरेको थियो ।

कम्पनीले बैंगलुरु पश्चात जयपुर र देल्लिमा शोरुमा स्थापना गर्ने जानकारी दिएको छ । कम्पनीले संचालनमा ल्याएको शोरुममा ग्राहकले स्कुटर चार्ज गर्ने सुबिधा समेत पाउने छन् ।

कम्पनीले भिडा भी १ प्लस र भी १ प्रो भेरियन्टमा गरि दुई भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो भने केहि समय पश्चात यी स्कुटरको विक्री सुरु गर्नेछ । यसको बुकिङ खुल्ला भइसकेको छ । कम्पनीका अनुसार डिसेम्वरको दोस्रो सातादेखि यी स्कुटरको डेलिभरी सुरु हुनेछ ।

एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म चल्न सकिने यी स्कुटरको सुरुवाती मूल्य १ लाख ४५ लाख भारतीय रुपैयाँ कायम गरिएको छ ।

भिडा ब्राण्ड नेममा आएका दुबै भेरियन्टका स्कुटर फिचर लोडेड रहेका छन् । यसमा ७ इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू पनि छन् ।

हिरोले ल्याएको यी दुबै भेरियन्टका स्कुटरले फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने किसिमको छ । कम्पनीले भि १ मोडलमा ३.९४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ भने भि १ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।


Back_to_top