काठमाडौं । टीभीएस मोटर्सका लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले नाडा अटो शो र दशैंलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना दशैं दाैड ल्याएको छ । कम्पनीले आफ्ना सबै स्कुटर र मोटरसाइकलमा एक लाखसम्म छुट दिने योजना सार्वजनिक गरेकाे हो ।
साथै, कम्पनीले दशैंको अवधिमा आफ्ना जुनसुकै मोडल खरिद गर्ने ग्राहकलाई किन्ने वित्तिकै १०० प्रतिशत क्याश ब्याकको अफर दिने भएको छ । दुबै अफर स्क्राच कार्ड मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा टीभीएसले आकर्षक मोटरसाइकल तथा स्कुटरको बिक्र वितरण गर्दै आएको छ । एनटर्क, ज्युटिपर क्लासिक, जेस्ट, ड्याज, एक्स १००, ज्युपिटर २ एक्स र विगो आरइएफ एबीएस नामका स्कुटर बिक्री गर्दै आएको छ ।
अपाची आर आर थ्री १०, अपाची आरटीआर २०० भीटु, आरटीआर २००, आरटीआर १८०, आरटीआर १६० फोरभी, आरटीआर १६० लगायतका ११ वटा मोटरसाइकलको बिक्री गर्दै आएको छ । कम्पनीले यी सबै मोडलमा उक्त अफर प्रदान गर्ने जानकारी दिएको छ ।

